जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन १५ वटा छुट्टाछुट्टै समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ।
काठमाडौंको खुलामञ्चमा आजदेखि सुरु हुने महाधिवेशनका लागि केन्द्रीय निर्देशन समितिको नेतृत्व सभापति गगनकुमार थापाले गर्नेछन्। महाधिवेशन व्यवस्थापनका लागि आर्थिक, सञ्चार, सचिवालय, अतिथि स्वागत, स्थल व्यवस्थापन, आवास, भोजन, स्वास्थ्य, यातायात तथा स्वयंसेवक व्यवस्थापनलगायतका क्षेत्रमा छुट्टाछुट्टै समिति गठन गरिएको छ।
आर्थिक व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष उमेश श्रेष्ठलाई, सञ्चार तथा प्रविधिको जिम्मेवारी प्रवक्ता देवराज चालिसेलाई र मिडिया सेन्टरको नेतृत्व जीवन भण्डारीलाई दिइएको छ।
कांग्रेसका अनुसार अन्य समितिलाई पनि महाधिवेशनका विभिन्न पक्ष व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ। साथै, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend