जन आकाश
काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले १५औँ महाधिवेशन पार्टीको वर्तमान अवस्था समीक्षा गर्दै भविष्यको बाटो तय गर्ने महत्वपूर्ण थलो भएको बताएकी छन्।
आइतबार खुलामञ्चमा आयोजित उद्घाटन समारोहमा बोल्दै भुसालले महाधिवेशन केवल पद व्यवस्थापन र नेतृत्व चयनका लागि मात्र नभई कांग्रेस तथा लोकतन्त्रमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने अवसर बन्नुपर्ने बताइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend