logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनबाट डा. सीके राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्।



अध्यक्षमा राउतको मात्रै उम्मेदवारी परे पनि पार्टी विधानअनुसार कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधानका कारण मतदान भएको हो। महाधिवेशनबाट २६ पदाधिकारीसहित ९९ जना निर्वाचित भएका छन्।

महासचिवमा सञ्जयकुमार यादव ६१८ मतसहित विजयी भएका छन्। उपमहासचिवमा निर्मलकुमार मण्डल तथा विभिन्न पदमा उपाध्यक्ष र सचिवहरू निर्वाचित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend