जन आकाश
काठमाडौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने भएको छ । प्रतियोगिता आगामी २०८३ मंसिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुनेछ । स्वस्थ जीवनशैलीको प्रवद्र्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले वि.सं. २०८१ साल देखि यस प्रतियोगिताको सुरुवात गरेको हो । यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेट तर्फ गरि करिब १,५०० धावकहरूको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगिता खुला तथा कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि ५ किलोमिटर दूरी निर्धारण गरिएको छ । कर्पोरेट विधा तर्फ नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बिमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाईडर र पेमेन्ट सिस्टम अपरेटर्समा कार्यरत स्थायी कर्मचारीहरु मात्र सहभागीताका लागि योग्य हुने गरी कार्यक्रम मिलाईएको बैकले जानकरी दिएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक नगद पुरस्कारका साथै दौड पुरा गर्ने धावकहरुलाई सर्टिफिकेट र मेडलको व्यवस्था समेत गरिएको छ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुने विजेतालाई जनही रु. ५०,०००, द्वितीय हुनेलाई जनही रु. ३५,०००, तृतीय हुनेलाई जनही रु. २०,०००, चौथो हुनेलाई जनही रु. १५,००० र पाँचौँ स्थान हासिल गर्नेलाई जनही रु. १०,००० नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुने विजेतालाई जनही रु. ३०,०००, द्वितीय हुनेलाई जनही रु. २०,०००, तृतीय हुनेलाई जनही रु. १५,०००, चौथो हुनेलाई जनही रु. १०,००० र पाँचौँ स्थान हासिल गर्नेले जनही रु. ५,००० नगद पुरस्कार प्रदान गरिने उल्लेख छ ।
खुलातर्फको १० किलोमिटर दौड विकास बैंकको केन्द्रीय कार्यालय रहेको भवन, बालुवाटारबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन परिसरसम्म पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमा समापन हुनेछ । त्यस्तै, कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर सोही मार्ग हुँदै बालुवाटारमा समापन हुनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक तथा प्रभावकारी रूपमा सम्पन्न गर्न विकास बैंकले एनआरएस स्पोट्र्स फाउन्डेसनसँग सहकार्य गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले २०८३ कात्र्तिक २८ गतेदेखि २०८३ मंसिर २ गतेसम्म अनलाइन माध्यमबाट रु. १०० दर्ता शुल्क भुक्तानी गरी आफ्नो नाम दर्ता गराउन सक्ने बैकले जारी बिज्ञप्तिमा उल्लेख छ ।
गरिमा विकास बैंक लिमिटेडले खेलकुदमार्फत स्वस्थ, सक्रिय तथा अनुशासित समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै इच्छुक धावकहरूलाई प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि आह्वान गरेको छ । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend