जन आकाश
कार्तिक १६,काठमाडौं
द राइजिङ स्टार स्कुल, मण्डिखाटार, काठमाडौंको आयोजनामा एक विशेष साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्राचार्य कृष्णकुमार बोहोराको सभापतित्वमा आयोजित उक्त समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा मानवतावादी चिन्तक, स्रष्टा तथा पत्रकार जयपृथ्वीबहादुर सिंहको नाममा स्थापित विशेष पुरस्कारबाट शिक्षा तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व डा. छायादत्त न्यौपानेलाई र विवश पोखरेललाई सम्मानित गरिएको छ ।
राष्ट्रिय व्यक्तित्व सिंहको मानवीय विचार र आदर्शलाई समाजमा थप उजागर गर्ने उद्देश्यले स्थापित यस पुरस्कारले स्रष्टाको योगदानलाई उच्च मूल्यांकन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले जयपृथ्वीबहादुर सिंहको मानवतावादी दर्शन र पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गर्दै सम्मानित व्यक्तित्व डा. न्यौपानेको प्राज्ञिक र साहित्यिक साधनाको प्रशंसा गरेका थिए ।
विद्यार्थीहरूमा नैतिक शिक्षा, मानवीय मूल्य-मान्यता र स्रष्टाप्रतिको सम्मानभाव जागृत गराउने उद्देश्यले यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको विद्यालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend