हाम्रो-बारेमा

नेपाल देश सबै नेपालीहरुको साझा घर हो । यो घरलाई राम्रो बनाउने, कसरी सजाउने यो हामी सबै नेपालीहरुको स्वतन्त्रताको विषय हो । नेपाल यतिबेला गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरिसकेको छ । परिवर्तन संसारमा समय र त्यहाँको व्यवस्थाले गर्दा आवश्यक ठानिन्छ । नेपालको सन्दर्भमा पनि विगतका तिता मिठा छिमेकी राष्ट्रहरुमा आएको परिवर्तन र छिमेकी तिरकै उठबस अझै गहिरिएर हेर्ने हो भने भारतमा पढ्न गएका विद्यार्थीहरुले भारत स्वतन्त्रको लागि समेत आन्दोलनमा भाग लिएका र भारत स्वतन्त्रसँगै त्यसको प्रभाव बोकेर नेपाल फर्केकाहरुले गरेको प्रजातान्त्रिक आन्दोलन यता देशमा राणा शासनविरुद्ध आवाज उठाएका साहासी गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलगायतलाई राणा शासन व्यवस्थाले फाँसीसम्म दिने क्रुर व्यवहार गरेबाट रुष्ट नेपाली जनता र भारतबाट फर्केर नेपाल आएका भारतमै बसेर प्रजातन्त्रको लागि आन्दोलन गरेको इतिहाँसले देखाउँछ ।

 

त्यो आन्दोलनले २००७ मा गरेको त्रिपक्षीय राजनीतिक दिल्ली सम्झौता भएको रहेछ । त्यसैदिनबाट नेपालमा प्रजातन्त्र स्थापना भएको र निरन्तर नेपालमा के के नाम गरेका पार्टी धेरै जतिले प्रजातन्त्र भन्दै आएका छन् । राष्ट्रका कुरा गर्दै आएका छन् । प्रजातान्त्रिक व्यवस्था आएको २६ वर्ष, गणतन्त्र स्थापना भएको ११ वर्षमा हाम्रो देश नेपाल कुन अवस्थामा छ, कति स्वतन्त्रता छ, राष्ट्रिय एकता कति बलियो छ । राणाशासन व्यवस्थापछि कति कलकारखाना खुल्यो नेपालले कति खानीहरु उत्खनन् ग¥यो । विकास निर्माणका कामहरु कति भए । जनताको जीवनस्तर कस्तो छ । कुटनीतिक अवस्था कहाँ पुगेको छ । भनेर खोज्यौ भने हामी नेपालीहरु आफ्नै देश नेपालभित्र हराएका महसुस गर्छौ ।

 

हाम्रा विरपुर्खाले गरेको मेहनतको पसिना, साहासपूर्ण राष्ट्रको निमित वगाएको रगत र उच्च रहेको राष्ट्रको स्वाभिमान पनि हराएको छ । मानवियता हराएको छ । आफ्नै देशभित्र आफ्नै घरभित्र अभावमा अरुनै पराई आएर लगानी गरेर लाखौ करोडौ कमाइ लिएर जान्छन् । त्यो अवसर नेपालीले किन पाइरहेको छैन, त्यो वातावरण किन बनाइदैन । स्वतन्त्रता प्रजातन्त्र ति मान्छेहरुलाई आएछ । जसले सासनसत्ता हातमा लिएपछि कमिसन, घुस, भ्रष्टचार गरेर ति सहिदहरुको सपना जनताको स्वतन्त्रता, देशको विकासभन्दा उल्टै जनतालाई दुःख राणाशासन व्यवस्थाका बेला बनेका पुराना भवनभित्र बसेर सत्ताको रसमात्र चाख्ने कामले देशभित्रका नागरिकहरु प्रजातन्त्र, गणतन्त्र के के तन्त्रको परिवर्तनको नाममा रुमलिदा आर्थिक रुपमा विपन्न चेतनामा कमी विकास निर्माणमा पछाडि पर्दा जहाँ अभाव त्यहाँ तनाव भने जस्तै नेपालीहरुमा टुट फुटको संस्कार विकराल बन्दै गइरहेको छ ।

राणाहरुले बनाएका २ सय वर्ष पुराना भवन भूकम्प आउँदासमेत भत्किदैनन् तर आधुनिक भनेर बनाइएका घरमा थुप्रै नेपालीहरु पुरिएर मरे, सडक बनाएको चारदिनमा भत्किन्छ । एउटा आयोजना पुरा हुनलाई १०० वर्षमा पनि सक्ने हो कि नसक्ने हो ठेगान हुदैन । देशभित्र सबै नेपालीहरुमा निरासा छ युवाहरु काम गर्न देश छोडेर विदेश गइरहेका छन् देशको वार्षिक बजेट १० प्रतिशतभन्दा बढी खर्च गर्न सक्दैन यसरी लामो समय विदेशमा बस्दा पारिवारिक विछोडले सामाजिक विचलन निम्त्याएको छ । यसरी हामी आफ्नै देशभित्र हराएका छौं ।

विगतमा राणाशासन व्यवस्थामा सञ्चालित फलाम, तामा, खानीहरु आज बन्द अवस्थामा छन् राणाशासनकालमा नै उत्पादिन विद्युत आजसम्म एक हजार मेघावाट हामीले उत्पादन गर्न सकेका छैनौं । आम सञ्चारको विकासमा नेपालीहरुले खेलेको भूमिका पनि त्यति प्रगति उन्मुख छैन ।

वास्तविक पत्रकारिता गर्ने पत्राकारहरु नेपाली सञ्चारमाध्यममा काम गर्दा गर्दै त्यसबाट जिविकोपार्जन नभएर विदेशी सञ्चारमाध्यममा काम गर्न गएका छन् की काम छोडेर घरमा बसेका छन् जति बजारमा आफुलाई पत्रकार भनेर चिनाउछन् तिनले आमसञ्चारमा वास्तविक सत्य, तथ्य निष्पक्ष समाचार प्रस्तुत गर्न कति सक्षम छन् । सिगों समाजले सोधिरहेको छ । प्रजातन्त्रको चार खम्बा मध्ये एक खम्बा प्रेस स्वतन्त्रता हो । प्रेस स्वतन्त्रताको हविगत नै यो अवस्थामा छ । यो अवस्थामा यस क्षेत्रमा रहेर टिठलाग्दो अवस्थामा पुगेको सञ्चारक्षेत्रको चुनौती सामाना गरेर सिंगो नेपालभित्र नेपाली अटाउछन् नेपालको विकास नेपालीले गर्न सक्छन्, राष्ट्रलाई आइपार्ने जुनसुकै चुनौतीमा सञ्चारमाध्यमले भुमिका खेल्न सक्ने बनाउन सक्छौं । खानीहरु खोतल्नु पर्छ, वारीहरु खन्नुपर्छ । विधुत निर्माण गर्नुपर्छ, भवनहरु बनाउनु पर्छ । सडकहरु निर्माण गर्नुपर्छ । सिचाइँ नहरहरु निर्माण गर्नुपर्छ । आफ्नै देशमा हरेक कुराहरु आत्मनिर्भर हुने सम्मको वातावरण बनाउनुपर्छ त्यो काम गर्नका लागि सबै नेपालीहरुमा एक अर्काप्रति विश्वास र राष्ट्रिय, एकता, सद्भाव पहिलो आवश्यकता हो भने देश बनाउनलाई विकास गर्नलाई देशभक्ति भावनाले ओतप्रोत भएको व्यक्तिले मात्र यो काम गर्न सक्छ ।

यो अवस्थामा देशलाई पु¥याउनको लागि सबै नेपालीलाई गोलबद्ध गराउन असल शासनमा आधारित निश्पक्ष स्वतन्त्र, भयरहित राष्ट्रको सञ्चारमाध्यम आवश्यक परेको हुनाले विगत नौ वर्ष अगाडि जनआकाश राष्ट्रिय साप्ताहिक स्थापना गरेका थियौ भने त्यतिले मात्र आजको विश्व व्यापीकरणलाई समेट्न सक्ने देखेनौ र जन आकाश मिडिया प्रा. लि.मा विकास गर्दै अहिले जन आकाश अनलाइन janaakash.com.np मार्फत नेपाली हरुको एकतालाई जोड्न आएका छौ ।

हाम्रो उद्देश्य स्वतन्त्र राष्ट्र, सवल नेपाली राष्ट्रको निमित आइपर्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न सबै नेपालीलाई एकठाउँमा उभ्याउने अभियान हो । यो अभियानमा नेपालीहरु रहनेनै छौ । नेपाल देशको हितको निम्ति नेपालको हित चिताउने विश्वका मित्रहरुलाई पनि सँगै हिड्न र मानवताका लागि सहकार्य गर्दै जानेछौ मानवजातिका लागि यति उदार, कोमल भावना भएका सायद संसारमा हामी नेपाली जतिको अरु छैनन् भन्ने बुझाउनु हाम्रो उद्देश्य रहेको छ । साथै अन्तमा सबै नेपालीहरु जो नेपाल देशको लागि काम गर्नेहरु एकभई काम गर्न चाहानुहुने सबैलाई हाम्रो यस जनताको स्वतन्त्रताको मुखपत्र जनआकाश साप्ताहिक र janaakash.com.np सँग सहकार्य गरौ सँगै हिडौ भन्ने अनुरोध गर्दछौ ।
सह कार्य गर्न चाहने जोकसैले सम्पर्क राख्नुहोला ।

२०७५ साल साउन ३१ गते ।

mohan karki 9851087156

Email [email protected]

De online casinoscene is competitief, maar n1 casino free spins heeft zich in de afgelopen maanden duidelijk geprofileerd. Een cookiebanner informeert transparant over het gebruik van tracking-technologie. Bijzondere exclusieve titels zijn uitsluitend op dit platform verkrijgbaar en bieden extra meerwaarde. Het mobiele spelaanbod is identiek aan dat van de desktopversie en bevat alle beschikbare titels. Stablecoins zoals USDT verruimen de mogelijkheden voor crypto-gerichte spelers. Meertalige dealers zorgen ervoor dat ook Nederlandstalige spelers goed worden bediend. Mobiel-exclusieve bonussen belonen spelers die het platform vooral via smartphone gebruiken. Glossaria en wiki’s verklaren vaktermen rond online gokken. Bij vragen over uitbetalingen reageert de support meestal binnen dezelfde speelsessie. Tooltips en hints leggen complexere functies direct ter plekke uit. Bij vergelijking met gevestigde concurrenten blijkt het casino consequent concurrentieel.