logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स बीच सम्झौता


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौँ । नेपालमा वातावरण मैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रा. लि., हिमालय मोटोरेक्स प्रा. लि. तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्स लिमिटेड बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस रणनीतिक सहकार्यसँगै अब देशभरिका ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री–वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनहरूको खरिदमा ८०% सम्म सहज र झन्झट रहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।



उक्त समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेर उक्त सम्झौतालाई पुुर्णत दिएका हुन् ।
सम्झौता अनुसार ग्राहक तथा यातायात व्यवसायीहरूले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्ष सम्मको लचिलो भुक्तानी अवधिसहित ८०% सम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण आवश्यक कागजात पेस भएको ३ देखि ५ कार्यदिन भित्र कर्जा स्वीकृति हुने द्रुत व्यवस्था मिलाइएको छ । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जाल मार्फत तुरुन्तै लागू हुनेछन् ।

पोखरामा कर्पोरेट कार्यालय र काठमाडौँको गैह्रीधारामा प्रमूख कार्यालय रहेको हिमालय अर्गनाइजेसन नेपालको एक अग्रणी व्यावसायिक घराना हो, जसले बजारमा भरपर्दो, नवप्रवर्तनकारी र लागत–प्रभावी मोबिलिटी समाधानहरू भित्र्याउदै आएको छ । देशव्यापी सेल्स, सर्भिस, स्पेयर पाट्र्स तथा चार्जिङ पूर्वाधार मार्फत संस्थाले विद्युतीय सवारी साधन, आधुनिक सार्वजनिक यातायात र हेभी–ड्युटी ढुवानी क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
नेपालको भौगोलिक बनावट र व्यावसायिक यातायातको मागलाई सम्बोधन गर्न हिमालय अर्गनाइजेसनले विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डहरूको आधिकारिक बिक्रेता भई उक्त सवारी सधानहरुको आयात तथा बिक्री–वितरण गर्दै आएको छ ।
त्यसैगरी गोर्खाज फाईनान्स पनि प्रतिष्ठित रुपमा विगत २ दशकभन्दा अगाडीदेखि वित्तिय क्षेत्रमा ख्याति कमाउदै आम नागरिकलाई सेवा दिदै आएको संस्था हो यि दुई सस्थाको सम्झौता पछि सवारी साधन खरिद गर्न चाहने ग्रहक मानुुभावहरुले सजिलै गोर्खाज फाइनान्सवाट अटो लोन पाउनेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend