logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

सिद्धार्थ बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच सम्झौता


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधासम्बन्धी सम्झौता भएको छ।



आइएफसीको ‘स्मल लोन ग्यारेन्टी प्रोग्राम’अन्तर्गत भएको सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जाको ५० प्रतिशत जोखिम आइएफसीले वहन गर्नेछ।

नेपालमा आइएफसीको यो पहिलो जोखिम साझेदारी पहल हो। यसबाट देशभरका साना तथा मझौला उद्यमीलाई कर्जा प्रवाह विस्तार गर्न बैंकको क्षमता थप मजबुत हुने विश्वास गरिएको छ।

सिद्धार्थ बैंकका सीईओ रामेश्वरप्रसाद बस्यालले चुनौतीपूर्ण आर्थिक परिस्थितिमा यो साझेदारीले साना व्यवसायीलाई सहज रूपमा कर्जा उपलब्ध गराउन सहयोग पुग्ने बताए। उनले उद्यमशीलता, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

सिद्धार्थ बैंक र आइएफसीबीच सन् २०१४ देखि सहकार्य हुँदै आएको छ। सन् २०२३ मा बैंकले आइएफसीमार्फत ५ करोड ५० लाख अमेरिकी डलरको सिन्डिकेटेड कर्जा सुविधा समेत लिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend