logo मंगलबार, असोज २० २०८३ | Tuesday 6th October 2026

कांग्रेस महाधिवेशन : डा. सुनिलकुमार शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराए


  • जन आकाश
  • मंगलबार, असोज २० २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।



मंगलबार काठमाडौंको खुलामञ्चमा उम्मेदवारी घोषणा गर्दै शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए।

उनले नेपाली कांग्रेसलाई थप गतिशील, सुदृढ र प्रभावकारी बनाउन नयाँ नेतृत्व आवश्यक रहेकोमा जोड दिए।

आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया अघि बढेसँगै उम्मेदवारी दर्ता र चुनावी गतिविधिले तीव्रता पाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend