logo मंगलबार, असोज २० २०८३ | Tuesday 6th October 2026

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी


  • जन आकाश
  • मंगलबार, असोज २० २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्।



मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।

रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए भने सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्। उनले बैंकमा प्रमुख वित्तीय अधिकृत, प्रमुख मानव संसाधन अधिकृत, प्रमुख कर्जा अधिकृत तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्। रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन्।

ग्लोबल आइएमई बैंकले हाल देशका ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा विभिन्न सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend