logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026
logo

बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

११ वर्षपछि एमाले बैठकमा फर्किइन् पूर्वराष्ट्रपति भण्डारी


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्। राष्ट्रपति निर्वाचित भएपछि एमालेको सदस्यता त्यागेकी भण्डारी ११ वर्षपछि एमालेको औपचारिक बैठकमा सहभागी भएकी हुन्।



एमालेले उनलाई वरिष्ठ नेता मनोनीत गरेपछि भण्डारी वरिष्ठ नेताको हैसियतमा स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्। एमालेमा वरिष्ठ नेतालाई सबै कमिटीका बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति निर्वाचित भएकी थिइन्। दुई कार्यकाल राष्ट्रपति बनेकी उनको पदावधि २०७९ फागुन २८ गते सकिएको थियो।

राष्ट्रपति पदबाट हटेपछि उनले एमालेको सदस्यता नवीकरण गराएकी थिइन्। तर, तत्कालीन अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता नवीकरण रोकिदिएका थिए।

पछिल्लो समय एमालेभित्रै नेतृत्वको विकल्पबारे बहस बढेपछि भण्डारीको सदस्यता नवीकरण गरिएको हो। त्यसपछि एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेता मनोनीत गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend