logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026
logo

शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, ५ प्रतिशत बोनस सेयर दिने


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नबिल बैंकको ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांशसहित कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।



बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि ८ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ। बैंकका अनुसार समीक्षा अवधिमा कर्जा तथा सापटी १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको वासलातको आकार १५.३८ प्रतिशतले वृद्धि भएर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए। उनले बैंक सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि सक्रिय रहेको उल्लेख गरे।

सभाले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।

साधारणसभाको उद्घाटन कार्यक्रममा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend