जन आकाश
काठमाडौं । किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनका अवसरमा शुक्रबार विराटनगरमा निकालिएको र्यालीमा सहभागी पहिचानवादीहरूले कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
विराटनगरको रोडशेष चोकबाट सुरु भएको र्यालीमा किरात राई समुदायका व्यक्तिहरू जातीय पहिरनमा सहभागी भएका थिए। र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुगेपछि सहभागीहरूले करिब १५ मिनेट प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा उनीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचानको आधारमा कोशीको नामकरण गर’ र ‘पहिचान विरोधी होसियार’ लगायतका नारा लगाएका थिए। साथै, पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने मागसहित विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गरेपछि र्याली वीरेन्द्र सभागृह पुगेको थियो। त्यहाँ सहभागीहरू किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend