logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026
logo

शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विदेश जाने यात्रुलाई ग्लोबल आइएमई बैंकले डलर सटही सुविधा दिने


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने नेपाली नागरिकलाई लक्षित गर्दै अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ।



बैंकका अनुसार विदेश जाने ग्राहकले आफ्नो यात्राअघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। यो सुविधा काठमाडौं उपत्यकाभित्र रहेका ग्लोबल आइएमई बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। विदेश यात्रामा जाने ग्राहकलाई विदेशी मुद्रा सटही गर्दा हुने झन्झट कम गर्ने उद्देश्यले प्रक्रिया छिटो र सरल बनाइएको बैंकको भनाइ छ।

विशेषगरी बैंकको पछिल्लो वार्षिक साधारणसभा (एजीएम) पछि विदेश यात्राका लागि आवश्यक विदेशी मुद्रा सटही सेवालाई उच्च प्राथमिकता दिइएको बैंकले जनाएको छ।विदेश यात्राका लागि अमेरिकी डलर साट्न चाहने ग्राहकले आफूलाई पायक पर्ने ग्लोबल आइएमई बैंकको शाखामा सम्पर्क गरी सेवा लिन सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend