logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026
logo

शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओमोडा एन्ड जेइकुका ग्राहकलाई सिद्धार्थ बैंकमार्फत विशेष छुट


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । ओमोडा एन्ड जेइकु सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ।



यस साझेदारीअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नेछ। साथै, सिद्धार्थ बैंकमार्फत सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले खरिदमा समेत विशेष छुट पाउनेछन्।

यो योजना एनपीएल सिजन ३ को अवधिभर लागू हुनेछ। ग्राहकले नेपालभर रहेका ओमोडा एन्ड जेइकुका आधिकारिक डिलरशिप तथा सिद्धार्थ बैंकका शाखामार्फत उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

साझेदारीले सवारीसाधन खरिद, फाइनान्सिङ र सर्भिस चार्जमा छुट उपलब्ध गराउँदै ग्राहकको खरिद तथा स्वामित्व अनुभवलाई थप सहज र लाभदायी बनाउने अपेक्षा गरिएको छ।

सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर तथा ओमोडा एन्ड जेइकु को–स्पोन्सरका रूपमा सिजन ३ मा आबद्ध छन्। दुवै ब्रान्ड प्रतियोगिताको पहिलो सिजनदेखि नै एनपीएलसँग जोडिँदै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend