जन आकाश
काठमाडौं । रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुमारी बैंकका कर्मचारीहरूले ४५ लाख ९७ हजार ३५३ रुपैयाँ सहयोग गरेका छन्।
बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गरेका हुन्।
प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका समुदायप्रति ऐक्यबद्धता जनाउँदै संकलन गरिएको रकम प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रममा उपयोग हुने विश्वास लिइएको छ।
कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। कर्मचारीहरूको यस योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाउने बैंकको विश्वास छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend