logo सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026
logo

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

हिमालयन बुलियनको ‘HBC App’ सार्वजनिक, अब सानो रकमबाटै डिजिटल माध्यममा चाँदी किन्न सकिने


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं ।  असोज २६ । हिमालयन बुलियन कम्पनी लिमिटेडले सानो–सानो रकम भुक्तानी गरेर वास्तविक चाँदी खरिद गर्न सकिने नयाँ मोबाइल एप ‘HBC App’ सार्वजनिक गरेको छ।



सन् २००० मा स्थापना भएको कम्पनीले प्रयोगकर्तालाई सहज रूपमा चाँदी खरिद गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले एप सञ्चालनमा ल्याएको हो। यस एपमार्फत ग्राहकले आफ्नो सुविधाअनुसार रकम जम्मा गर्दै चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन्। पूरा रकम भुक्तानी भएपछि खरिद गरिएको चाँदी ग्राहकको स्वामित्वमा आउने कम्पनीले जनाएको छ।

एप सार्वजनिक गर्दै कम्पनीले ग्राहकका लागि दुई विशेष योजना पनि घोषणा गरेको छ। जसअनुसार ग्राहकले १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा पाउनेछन्। साथै, तिहारसम्म सञ्चालन हुने लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले टेस्ला मोडल वाई विद्युतीय कार जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार एप प्रयोग गर्न ग्राहकले खाता खोली आवश्यक ग्राहक पहिचान प्रक्रिया (केवाईसी) पूरा गर्नुपर्नेछ। त्यसपछि एपमै दैनिक चाँदीको खरिद मूल्य र कम्पनीले पुनः खरिद गर्ने दर हेर्न सकिनेछ।

कम्पनीले डिजिटल माध्यमबाट चाँदी खरिद गर्ने प्रक्रियालाई सहज बनाउँदै ग्राहकलाई सानो रकमबाटै वास्तविक चाँदीमा लगानी सुरु गर्ने अवसर प्रदान गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend