जन आकाश
काठमाडौं । नेपालीहरुको विजया दशमी सदाझै यस वर्षपनि आएको छ । अरु वर्षहरुभन्दा यस वर्ष त्यति मानिसहरुमा उत्साह देखिदैन र पनि नेपालीहरुको महान पर्व भएको हुनाले दशैमा मान्यजनहरुको हातवाट टिका लगाई आर्शिवाद थाप्न मानिसहरु काठमाडौवाट आफ्नो मूल थलो भएको घर फर्कन लागेका छन् । नेपालको मुख्य राजमार्ग त्रिभूवन राजमार्ग र विपी राजमार्ग अरनिको राजमार्गमा निक्र्कै भीड बढीसकेको छ । यस वर्ष भदौ १० गते आएको भोटेकोशीको बाढीले झण्डै १० हजार मानिसहरुको ज्यान लिएको भन्ने अनुमान छ । ति हराईरहेका र मृत्यु पुष्टि भएका परिवारको लागि यस वर्षको दशै दशामा परिणत भएको हुनाले ति बाढीमा परेका आफन्त, छरछिमेकले समेत विजया दशमी मनाउने सुरसार गरेका छैनन् । अन्य नागरिकहरुले भने दुखको बीचमा नेपालीहरुको महान पर्व भएको हुनाले सामान्य ढंगवाट मनाउन लागेको देखिन्छ ।
यसवर्ष विजया दशमी कार्तिकमा
यस वर्षको विजया दशमीको साइत कात्तिक ४ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको उल्लेख छ ।
समितिका अनुसार विजया दशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको छ । त्यसपछि मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न उत्तम साइत रहेको उल्लेख छ । समितिले टीकाको उत्तम साइत सार्वजनिक गरे पनि दिनभरि टीका लगाउन सकिने जनाएको छ ।
बडादसैँको अवसरमा हिन्दु धर्मावलम्बीहरूले दुर्गा भवानीको पूजा–आराधना गरी घरपरिवार तथा आफन्तसँग मिलेर पर्व मनाउने परम्परा छ । विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ ।
दसैँ मनाउन विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका लागि घरबाहिर रहेका नेपालीहरू आफ्नो जन्मथलो फर्किने गर्छन् । यस अवसरमा बजार तथा व्यापारिक क्षेत्रमा चहलपहल बढ्ने र सार्वजनिक यातायातमा यात्रुको आवागमनसमेत बढ्ने गर्दछ । तर यसपटक भने भोटेकोसी बाढीका कारण व्यापारिक क्षेत्रमा सोचेजस्तो चहलपहल नरहेको व्यापारीहरुको भनाई छ ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमीले नेपाली समाजमा पारिवारिक एकता, आपसी सद्भाव र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको छ ।
यस वर्षको बडादसैँले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिनुका साथै भोटेकोसी, बुढी गण्डकी लगायत क्षेत्रहरुमा आएको बढी तथा कयौ ठाउँमा पैरोमा पुरिएर मरेका परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि कामना समेत गरिने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend