जन आकाश
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाढी प्रभावित क्षेत्र बेत्रावतीको अवलोकन गरेकी छन्। उनले बाढीबाट क्षति पुगेको क्षेत्र तथा फलाखु खोलामा निर्माण गरिएको बेलिब्रिजको निरीक्षण गरेकी हुन्।
गत भदौ १० गते आएको बाढीले फलाखु खोलाको पुल बगाएपछि उक्त क्षेत्रमा यातायात आवागमन प्रभावित भएको थियो। त्यसपछि सडक विभाग र नेपाली सेनाको सहयोगमा खोलामा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ।
पूर्वराष्ट्रपति भण्डारीले बाढीबाट प्रभावित क्षेत्रको अवस्था र आवागमन सहज बनाउन सञ्चालनमा ल्याइएको बेलिब्रिजको अवस्थाबारे अवलोकन गरेकी हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend