जन आकाश
काठमाडौं । ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ।
बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) तथा फोनपे क्यूआर कारोबारमा ग्राहकलाई सहज भुक्तानी सेवा उपलब्ध गराउँदै उच्च कारोबार गर्न सफल भएकाले बैंकलाई यी दुई विधामा सम्मानित गरिएको हो।
ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा प्रदान गर्दै विद्युतीय भुक्तानी प्रणालीको विस्तारमा खेलेको भूमिकाको कदरस्वरूप अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ।
ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमार्फत ग्राहकले सहजै एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण गर्न तथा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ।
डिजिटल बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण र बैंकले अवलम्बन गरेको ग्राहककेन्द्रित तथा नवप्रवर्तनकारी सेवाका कारण यो उपलब्धि हासिल भएको बैंकको भनाइ छ।
बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण तथा विद्युतीय भुक्तानी पूर्वाधारको विस्तारलाई प्राथमिकता दिँदै नगदरहित कारोबारलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend