logo मंगलबार, असोज २७ २०८३ | Tuesday 13th October 2026

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित


  • जन आकाश
  • मंगलबार, असोज २७ २०८३

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सोमबार पोखरा महानगरपालिका–कास्कीस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। सभाले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण र अनुसूचीहरू पारित गरेको छ।



त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत सभाले अनुमोदन गरेको बैंकले जनाएको छ। हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ। गरिमा विकास बैंकले देशभर रहेका १२६ शाखा कार्यालय, ५१ वटा एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend