logo बुधबार, असोज २८ २०८३ | Wednesday 14th October 2026

कांग्रेसका चार प्रदेशको केन्द्रीय सदस्य मतगणना आजदेखि


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना आज दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ।



निर्वाचन समितिका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु गरिनेछ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले मतगणना सुरु गर्न लागिएको जानकारी दिएका हुन्।

निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यका उम्मेदवारहरू मतगणना स्थलमा स्वयं उपस्थित हुन पाउनेछन्। तर, उनीहरूले मतगणना प्रतिनिधि राख्न पाउने छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend