logo बुधबार, असोज २८ २०८३ | Wednesday 14th October 2026

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।



बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका सीईओ अजयविक्रम शाहको दोस्रो कार्यकाल पूरा भएसँगै बैंकले भट्टराईलाई नयाँ सीईओको जिम्मेवारी दिएको हो।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत भट्टराईको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुनेछ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका भट्टराईसँग बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव छ। उनले यसअघि नेपाल इन्डोस्वेज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) र कुमारी बैंकमा समेत काम गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend