logo बुधबार, असोज २८ २०८३ | Wednesday 14th October 2026

महालक्ष्मी विकास बैंकका ग्राहकलाई के.टी.एम. सिटीमा १० प्रतिशतसम्म छुट


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले नेपाली फेसन तथा लाइफस्टाइल ब्रान्ड के.टी.एम. सिटी (KTM CTY) का आउटलेटहरूमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।



बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले के.टी.एम. सिटीसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको हो।

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले के.टी.एम. सिटीका देशभर रहेका १७ वटै आउटलेटमा सम्पूर्ण पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

फेसन तथा लाइफस्टाइल क्षेत्रमा नवीनता, गुणस्तर र ग्राहकको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिँदै आएको के.टी.एम. सिटीले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री वितरण गर्दै आएको छ।

बैंकले स्वास्थ्य, रेस्टुरेन्ट तथा सेवा क्षेत्रलगायत विभिन्न संस्थासँग सहकार्य गर्दै ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले प्रविधिमैत्री बैंकिङ सेवा विस्तारसँगै ग्राहकलाई थप सुविधा र सहजता प्रदान गर्ने लक्ष्यसहित विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend