logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

चोलेन्द्र शम्शेर कहा छन् ?


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौ । यहि असोज १० गते राति नेपाल प्रहरीले पूर्व प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जंगबहादुर राणालाई पक्राउ गरेको थियो । असोज ११ गते नेपाल प्रहरीले सुरक्षा थे्रट रहेको भनेर बाहिर हल्ला चलाएर रिहा गरेको बताएको थियो । त्यसको लगतै १८ गते राति सशस्त्र प्रहरीका महानिरिक्षक बंशीराज दाहाललाई संवेदशील सूचना चुहाएको भनेर बखास्त गरेको थियो । यतिवेला पूर्व प्रधानन्यायधिस र बर्खास्थमा परेका सशस्त्रका आईजीविको वारेमा आम नागरिकको चासो बढीरहेको वेला दुवै आरोपित अज्ञात भएकोमा आम नागरिकहरु आश्चार्य चकित भएका छन् ।



यतिवेला पूर्व प्रधानन्याधिस चोलेन्द्र के गर्दैछन् ? कहा छन् भनेर सवैको चासो बढिरहेको वेला चोलेन्द्र शम्शेर र पूर्व सशस्त्रका आइजीको अवस्था अज्ञात रहेको बताएको छ । कुनै पनि सार्वजनिक स्थलमा नरहेको उच्च स्रोतले जानकारी दिएको छ ।

आम नागरिकहरुले चोलेन्द्र र बंशीराज दाहाललाई सार्वजनिक गरेर उनिहरुले कानूनी अपराध गरेको भए दण्ड र निधोष भए सफाई दिन कानूनी कारवाही गर्न दवाव दिईरहेका छन् । एकजना नागरिक बचाउ अभियानका नागरिकले दिएको सूचना अनुसार गोप्यस्थलमा मानिसलाई राखिनु मानव अधिकारको समेत उल्लघन हो भन्दै यस्ता कार्य सरकारले गरेको भए तुरुन्त सच्याउन अनुरोध गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend