logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

कांग्रेसमा हार्नेले सबै गुमाउँदैनन्, योग्य र सक्षमलाई समेटेर अघि बढ्छु : गगन थापा


  • जन आकाश
  • शुक्रबार, असोज ३० २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी नभएका योग्य र सक्षम नेताहरूलाई समेटेर अघि बढ्ने बताएका छन् ।



शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन छुटेका नेताहरूको भूमिका पनि महत्त्वपूर्ण हुने बताएका हुन् ।

उनले पार्टीभित्रको आन्तरिक निर्वाचनलाई जित र हारको अन्तिम मानकका रूपमा लिन नहुने उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टीको हितका लागि सबै योग्य र सक्षम नेताहरूलाई समेट्नुपर्नेमा जोड दिए ।

थापाले यसपटक केन्द्रीय कार्यसमितिमा रहेर काम गर्न योग्य र सक्षम धेरै नेताहरू छुटेको स्वीकार गरे । कोही प्रतिस्पर्धामा सहभागी नभएको र कोही निर्वाचनबाट निर्वाचित हुन नसकेको उल्लेख गर्दै उनले उनीहरूलाई पनि पार्टीको संगठनात्मक काममा सक्रिय रूपमा सहभागी गराउने बताए ।

‘केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्त्वपूर्ण जिम्मेवारी हो। पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ,’ थापाले भने, ‘पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन। पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्नु आवश्यक छ।’

सभापति थापाले पार्टीभित्र एकता कायम गर्दै सामूहिक नेतृत्व र सहकार्यका आधारमा संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । आन्तरिक प्रतिस्पर्धाका कारण उत्पन्न हुन सक्ने विभाजनलाई अन्त्य गरी सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले छुटेका नेताहरूलाई समेट्ने तथा पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिने प्रक्रिया सकेसम्म छिटो अघि बढाइने पनि बताए ।

‘छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु। यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौं,’ उनले भने ।

सभापति थापाको भनाइले कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धापछि सबै पक्षलाई समेटेर संगठनलाई एकताबद्ध बनाउने र सामूहिक नेतृत्वलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend