जन आकाश
काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई आधुनिक र फराकिलो बनाउने योजनाअन्तर्गत गोरुसिंगे–चन्द्रौटा सडक खण्ड विस्तारका लागि ठेक्का सम्झौता भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कुल १९.२ किलोमिटर लामो सडक सर्भिस लेनसहित ६ लेनमा विस्तार गरिनेछ। आयोजनाअन्तर्गत दुई ठूला पुल, छवटा साना पुल, ७२ वटा कल्भर्ट तथा पैदलयात्री र सवारीसाधनका लागि अन्डरपास निर्माण गरिनेछ।
त्यसैगरी, पैदलयात्रीको सुरक्षित आवागमनका लागि आकाशे पुल तथा वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गर्ने योजना रहेको छ।
सडक विस्तार सम्पन्न भएपछि यस खण्डमा यातायात व्यवस्थापन सहज हुनुका साथै आवागमन, सडक सुरक्षा र यात्राको सुविधामा सुधार आउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend