logo बिहिबार, मंसिर ३ २०८३ | Thursday 19th November 2026
logo

बिहिबार, मंसिर ३ २०८३ | Thursday 19th November 2026

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा घोषित ६ पुरस्कार पुस ४ मा समर्पण गरिने


  • जन आकाश
  • बिहिबार, मंसिर ३ २०८३

Screenshot

काठमाडौँ
विकल साहित्य प्रतिष्ठानले विकल स्मृति दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएका विभिन्न ६ विधाका पुरस्कारहरू २०८३ सालका लागि घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले पुरस्कार सिफारिस समितिको सिफारिसलाई अनुमोदन गर्दै पुरस्कृत हुने स्रष्टा तथा संस्थाहरूको नाम सार्वजनिक गरेको हो । प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्ति अनुसार कार्यसमिति सदस्य महेन्द्र चालिसेको संयोजकत्वमा पुरस्कार तथा संस्था चयन सिफारिश समिति गठन गरिएको थियो । सो समितिमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र साहित्यकार पवन आलोक सदस्य रहनुभएको थियो । सिफारिस समितिको सुझावका आधारमा स्रष्टाहरूको नाम छनोट गरिएको संयोजक चालिसेले जनाए ।
पुरस्कृत हुने व्यक्तित्व र संस्थाहरुमा रमेश विकल वाङ्मय पुरस्कारबाट वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारी, रमेश विकल–सुशीला समाजसेवा पुरस्कारबाट द्योमा जगत वृद्धाश्रम, बोडेका सञ्चालक प्रेमचन्द्र अदुवा श्रेष्ठलाई समर्पण गरिने जनाइएको छ । त्यस्तै रमेश विकल सिर्जना पुरस्कारबाट देविका तिमल्सिना र रमेश विकल बालसाहित्य पुरस्कारबाट डा.शैलेन्दुप्रकाश नेपाललाई पुरस्कृत गरिने जनाइएको छ । प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कारबाट लामो समयदेखि तिहारका अवसरमाा सामूहिक भाइटीका लगागाउँदै आफनु भएकी ‘अञ्जली दिदी’ को नामबाट चिरपरिचित अञ्जली मास्के र रमेश विकल कला–सङ्गीत पुरस्कारबाट नारायण भण्डारी (एनबी जनकपुरी) लाई पुरस्कृत गरिने बताइएको छ ।
घोषणा गरिएका पुरस्कारहरू आगामी २०८३ साल पुस ४ गते विकल स्मृति दिवसका दिन एक विशेष समारोहका बीच समर्पण गरिने प्रतिष्ठानले जनाएको छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend