logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

‘पुस्तक चर्चा —उपन्यास धमिलिएको परिवेश’ तेज प्रकाश बानियाँको कलमवाट


  • जन आकाश
  • मंगलबार, मंसिर १ २०८३

 



तेजप्रकाश बानियाँ
पूर्व सहायक रथी

काठमाडौँ, चाबहिलको ढुङ्गाना परिवारमा सन् १९५३ अक्टोवर २८ मा जन्मनु भएका किरण ढुङ्गाना, स्कुल जीवनमा मित्र मण्डल विद्यालय हुदै पद्मोदय माध्यमिक विद्यालयबाट एसएलसी गरी उच्च शिक्षाको लागि रत्नराज्य कलेज एवम् त्रिचन्द्र कलेज हुदै क्यानडाको टोरण्टोमा सन् १९८० देखि स्थायी बसोबास गर्दै बेला बखत् नेपाल आउँने जाँने गर्न्रुहुन्छ । क्यानडामा बसे पनि नेपाली साहित्य र भाषालाई माया गरेर क्यानडामा हुने विभिन्न साहित्यिक कार्यक्रम तथा नेपालसँग सम्बन्धित अरू कार्यक्रमहरूमा पनि भाग लिदै आउनु भएको छ ।

उहाँसँग मेरो व्यक्तिगत चिना–पर्ची र भेटघाट भएको त छैन तर उहाँले केही वर्ष अगाडि प्रकाशनमा ल्याउनु भएको उपन्यास ‘झरेको पात’ मेरो हात परेकोले मैले जन आकाश राष्ट्रिय साप्ताहिकमा समीक्षा लेखिदिएको थिएँ । त्यसैबाट उहाँसँग कुराकानी भएको हो । त्यसपछि उहाँ २०८३ सालको शुरूमा नेपाल आउनु भएका बखत व्यस्तताको कारण भेट हुन सकेन । तर उहाँ क्यानडा जाने बेलामा बानियाँजीको हात पारीदिनु भनेर केही किताव छोड्नु भएको रहेछ र यिनै पुस्तकहरुको माध्यमबाट सम्पर्क नवीकरण हुन गयो । यसरी हामी दुइ बीच मध्यस्त कर्ताको भूमिका ‘धमिलिएका परिवेश’ ा उपन्यासले निभायो । त्यसै माध्यमबाट साहित्यिक दोस्ती भएको हो ।

उहाँले पठाउनु भएको उपन्यास ’धमिलिएको परिवेश’ मेरो हात प¥यो । बडो मेहनतका साथ तयार गर्नु भएको सामाजिक महत्वको यो पुस्तकमा विद्वान भुवन ढुङ्गाना र डा. गौरीशकर लाल दासंले लेख्नु भएको शुभकामना सन्देशले यस कृतिको उचाई अझै चुलिएको छ । त्यसैगरी डा. गोविन्दसिंंह रावतले प्रस्तुत गर्नु भएको सामग्रीले किरण ढुङ्गानाले विदेशमा रहदा पनि नेपाली भाषा साहित्यको श्रीबृद्धिमा योगदान पु¥याउने उद्देश्यले क्यानडामा गठन भएका संघ संस्थाहरूमा विभिन्न समयमा विभिन्न पदमा रही जिम्मेवारी सम्हाल्नु भई कार्य सम्पादन गर्नुभएको व्यहोरा स्पष्ट पार्नुभएको छ ।

नेपालका विकट एवम् कतिपय सुगम वस्तीहरुका आर्थिक उत्पीडनमा परेका निम्न वर्गका परिवारको बाँच्न्ने सहारानै वैदेशिक रोजगारी भएकोले, यो रहर नभई वाद्यता भएको छ । देशमा विद्यमान अशिक्षा, बेरोजगार, गरिबी, पछौटेपन क्षेत्रीय उत्पीडन जस्ता कारणहरुले पछि परेका दिदी बहिदी, महिलाहरुलाई सहरमा राम्रेकाम पाइन्छ भनेर अनेकन प्रलोभन देखाई चंगुलमा पारेर दलालहरुले भेडाबाख्रा सरह मोलमोलाई गरी भारतका बिभिन्न सहरका कोठीहरु लगायत अवत समुद्र पारका देशहरुमा समेत दासीका रुपमा अति कष्टकर जीवन बिताउन परेको, गाउँका शोषक, पीडक हरुले गरेका शोषन उत्पीडन, दमन, जातजातिमा भेदभाव जस्ता बिषयलाई लिएर सरल भाषा र शैलीमा प्रस्तुत यो उपन्यास, सारै रोचक, चेतनामूलक र पढ्रदै जादा अव के होला ? भत्रे कौतुहल जगाउने छ ।

सदियौंदेखि समाजमा मान्दै आएका अन्धविश्वास, र रूढिवादलाई तोड्दै सुर्य परदेश गएका वर्ष छोरीहरुले गोरु जेतेर खेतीको काम उतारेर देखाई दिएका छन् । उपन्यास हाम्रो ग्रामीण सामाजिक परिवेशमा लेखिएको हँदा समाजोपयोगी हुनुको साथै पाठकलाई आफ्नै परिवेशमा घटने घटनाक्रमसँग मिलेजस्तो लाग्छ । विषय बस्तुलाई सुरक्षित तवरमा गन्तव्य सम्म पु¥याउन र कथालाई साहित्यिक मसला प्रदान गर्न दायाँ वायाँ छनौट गरिएका सहायक परिवेश, पात्र र घटना परिघटनाहरू पनि मुख्य परिवेश भन्दा कम छैन । कथाबस्तुमा समेटिएका आयामहरू विचार गर्दा यो उपन्यासलाई अनेकौं परिवेशमा घटेको घटनाक्रमको संगालोको रुपमा लिन पनि सकिन्छ ।

यो संसार परिवर्तनशील छ । यसमा भएका यावत चिजहरू परिवर्तनशील छन् । हजारौं हजार वर्षको अन्तरालमा परिवर्तन भएर चिज वस्तु हाम्रा सामु देखापरेको हन्छ तर हामी यसको ओरिजिनल रूप यही होला भन्ठान्छौं । सनातन वैदिक कालदेखि निर्माण हुँदै आएको हाम्रो समाज नारी प्रधान थियो । हाम्रो पौराणिक मान्यता अनुसार नारी शक्तिलाई सामाजिक मान्यता दिइ हामी देवी देवता को नाम उच्चारण गर्दा गौरी—शंकर, सीता—राम, राधे—श्याम, राधा—कृष्ण भनेर लिन्छौं । यस सम्वधमा मनुस्मृति ३.५६ मा नारीको सम्मान र यसको महत्वको बारेमा भनिएको छ । “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देबताः । यत्रैतास्तु नपुज्यन्ते सर्वास्तत्राफलाः क्रिया ।।” अर्थ  जहाँ नारीहरुको पूजा र सम्मान हुन्छ, त्यहाँ देवताहरु निवास गर्छन् । तर जहाँ उनीहरुको पूजा र सम्मान हुँदैन, त्यहाँ गरिएका सबै अशल कार्यहरु वा प्रयासहरु व्यर्थ हुँन्छन् । भनाइको तात्पर्य यसले परिवार, समाज, र राष्ट्रमा महिलाहरुको सम्मान, अधिकार र समानता कति महत्वपूर्ण थियो भन्ने उजागर गर्दछ ।

आधा धर्ती आधा आकाश ढाकेको, सृष्टि सञ्चालनको लागि नभई नहुने देवताले समेत सम्मान पूर्वक मानेको शक्तिलाई हेपेर, सायद नबुझेरै होला । व्यवहारमा पछि पार्दै जादा हाम्रो समाज पछि परेको छ । अहिले आएर पुरुष प्रधान बनेर नारी लाई पुरुषहरूको मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्न किनमेलको वस्तु सरह बनाइएको छ । बिक्री गर्ने दुष्कर्म रोकथाम गर्न नियम कानुन बनाए पनि फितलो कार्यान्वयनने गर्दा दलालले गाउँबाट प्रलोभन देखाई बेच्न लानु पर्दा गाउँ कटाउने चौकी वा अन्य निकायका सामान्य कर्मचारीलाई हात लिएको भरमा उम्काएर लैजान्छ । यसतर्फ हामी आफै चनाखो हुनुपर्नै देखिन्छ ।

अन्त्यमा, समग्रमा भन्नुपर्दा साहित्यलाई समाजको प्रतिबिम्ब भनिन्छ । सायद त्यस बखत् क्यामरा र एक्सरे नहभएर होला प्रतिबिम्व मात्र भनिएको हो । अहिले डिजिटल जमाना भएबाट साहित्यको परिभाषामा पनि ‘समाजको एक्सरे भन्नुपर्छ कि ?’ समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कार, पछौटेपन, गरिवी, अशिक्षा, यस्ता कुरालाई किरण ढुङ्घानाले जस्ताको तस्तै चित्रण गर्नुभई सामाजिक अभियन्ता सामु प्रस्तुत गर्नुभएको छ । विदेशलाई कर्मथलो बनाई उतै रहेर पनि मातृभूमि र मातृभाषालाई माया गरेर यसको उन्नति, प्रगति र बिकाशकोलागि टेवा पु¥याउनु एकदमै सह्राहनीय काम हो । यसकालागि सादुवाद भन्न चाहन्छु । यसरी देश बाहिर रहेर नेपाली साहित्यको सेवा गर्नुहुने साहित्यकार मित्रहरूमा मेरो अनुरोध यो छ कि उहाँहरूबाट पहल गरी भाषका राम्राराम्रा कृतिको उल्था गराएर विदेशी साहित्यसँग प्रतिष्पर्धामा लैजान कोसीश हुनुप¥यो । अब हाम्रो साहित्य पनि धेरै अगाडि बढी सकेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend