जन आकाश
काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन्।
श्रेष्ठले बिहीबार (मंसिर ३ गते) देखि औपचारिक रूपमा प्रवक्ताको कार्यभार सम्हालेका हुन्।
जिम्मेवारी सम्हालेपछि उनले सञ्चारकर्मीहरूसँग विगतमा झैँ साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन्।
यसअघि नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतले सम्हाल्दै आएका थिए। उनले गत वर्ष असारमा उक्त जिम्मेवारी पाएका थिए।
हाल बस्नेतलाई प्रधानसेनापति अशोकराज सिग्देलको सचिवालयमा नियुक्त गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend