logo शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026
logo

शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026

नेपाली कांग्रेस दुई वटा पार्टी भएको अवस्था छ, लुकाउनुपर्ने छैन- रमेश लेखक


  • जन आकाश
  • बिहिबार, मंसिर ३ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस विभाजित भएको स्वीकार गरेका छन्। उनले अहिले कांग्रेसका नाममा दुईवटा संगठन रहेको भन्दै यसलाई लुकाउनुपर्ने अवस्था नरहेको बताएका छन्।



बुधबार कञ्चनपुरमा आयोजित जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको र शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरिरहेको सन्दर्भमा पार्टीभित्र दुईवटा संगठन रहेको बताएका हुन्।

‘नेपाली कांग्रेस विभाजित छ, दुईवटा संगठन छ, दुईवटा पार्टी भएको अवस्था छ, त्यसमा लुकाउनुपर्ने केही छैन,’ लेखकले भने, ‘कांग्रेसको आत्मा, विचार र भावना भने यहीँ छ।’

उनले सहमतिका आधारमा नेतृत्व चयन गर्ने क्रममा केही नेता तथा कार्यकर्ता छुट्न पुगेको पनि उल्लेख गरे। पार्टीलाई एकताबद्ध बनाउन दुवै पक्षका महाधिवेशन रोक्दै संवादमार्फत सहमति खोज्ने प्रयास आफूहरूले गरे पनि त्यो सफल हुन नसकेको लेखकको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend