logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौं क्यानद्वारा छात्रवृत्तिको घोषण लर्डबुद्ध फाउण्डेशनको सहयोग


  • जन आकाश
  • मंगलबार, जेष्ठ २२ २०७५

काठमाडौं क्यानद्वारा छात्रवृत्तिको घोषण
लर्डबुद्ध फाउण्डेशनको सहयोग
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको कम्प्यूटर एशोसिएशन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ पनि यस वर्षदेखि छात्रवृत्तिको शुरुवात गरेको छ । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्न लागिएको बताइएको छ ।
काठमाडौंको मैतीदेवीमा रहेको सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनसँगको सहकार्यमा यस वर्ष ४९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्न लागिएको हो । नेशनल आईसिटी स्कलरसिप–२०७५ नाम दिई देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृति
र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । ग्रामीण क्षेत्रमा
समेत सूचना प्रविधिको बिकास र सबै नागरिकमा यसको पहुँच पु¥याउनमा यस कार्यलय टेवा पुग्ने बताइएको छ । छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी हिजो क्यान महासंघका तर्फबाट अध्यष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका तर्फबाट फाउण्डेशनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरी जानकारी गराउने उद्दश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
फिमेल मेरिट आईसीटि स्कलरसिप प्रत्येक प्रदेशबाट चारजनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसिटी मेरिट स्करलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँचसय रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछने ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अन्तर्गत विएससी आइटीको अध्ययन गर्न पाउनेछन् ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटिइभिटीबाट कम्प्यूटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि निवेदन दिन सक्छन् । छावृत्तिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रीय स्तरको छात्रवृत्ति छनौट समिति गठन गर्नेछ । छनौट समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसको आधारमा छनौट गर्नेछ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend