logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकमको सहुलियतपूर्ण मनसुन अफर


  • जन आकाश
  • आइतबार, असार ३१ २०७५

 



नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क (TSC) समायोजन गर्ने भए तापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ ।

यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुनेछ ।

नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क (TSC) ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ ।

एडीएसएल लगायत निम्न लिखित प्याकहरु विशेष लोकप्रिय भएकाले ग्राहकहरुलाई थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइएको छ ः

कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार निम्न प्याक तथा सेवाहरुमा मूल्य समायोजन गरिएको छ ः

अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराइएको छ ।

मनसुन अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले*1415# डायल गर्नु पर्नेछ । त्यसैगरी कम्पनीको वेबसाइटwww.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend