जन आकाश
काठमाण्डौ( २४ श्रावन २०७५ प्रभु ग्रुपले नेपालमा वालेट अब मोबाइलमा भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेट को सुरुवात गरेको छ । आज आयोजीत कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देबी प्रकाश भट्टचन ले यसको प्रयोग गरि शुभारम्भ गर्नुभयो ।
आजको डिजीटल युगमा प्रभु पे ले नौलो र फरक सुबिधा ल्याएको छ ्यसलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछी पैसा संग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाता बाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टि भी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न,NCEEL डिपोजिट गर्न सहज हुनेछ यसबाट अनलाइन मात्र नभई युनियन पे र QR Code स्क्यान मार्फत पनि पैसा तिर्न सकिन्छ यसैगरी प्रभु पे ले नियमित ग्राहकलाई रु १०,००,००० सम्म को दुर्घटना बिमा को सुबिधा पनि दिएको छ भने अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा रु ३० बराबरको ब्यालेन्स दिनेछ प्रभु पे को आफ्नै अलगै च्याट सिस्टमको सुबिधा पनि छ
कार्यक्रममा प्रभु पे का सञ्चालक कुसुम लामाले चरणबद्ध रुपमा प्रभु पे को प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराउनुभयो
प्रभु ग्रुपको बारेमा
प्रभु ग्रुप अन्तर्गत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टि भी, सुचना प्रबिधि र ब्यबस्थापन सम्बन्धि विभिन्न कम्पनिहरु छन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend