logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकमको आर्थिक वर्ष २०७४।७५ को उपलब्धी


  • जन आकाश
  • आइतबार, साउन २७ २०७५

 



 

मोहन कार्की
गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिव ४५ अरब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले बृद्धि भएको छ । साथै सोही अवधिमा कम्पनीको नाफा करिव १५ अरब ६६ करोड ७५ लाख रहेको छ । यस अनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले बृद्धि भएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको छ ।

केही वर्ष अघि देखि शुरु भएको कम्पनीको एक महत्वाकांक्षी आयोजना मध्येको एकीकृत विलिङ प्रणाली 0ffnL (Covergent Real time Billing and Customer Service)मा ल्याण्ड लाइन सेवा समेत रुपान्तरित भएपश्चात् गत आर्थिक वर्षमा नै सो आयोजना सम्पन्न भएका टेलिकमले जनाएको छ ।

यस्तैगरी विगत लामो समय देखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टि डी एम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस ; (IMS) उपकरण मार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको टेलिकमको बिज्ञप्तिमा उल्लेख छ । सो अनुरुप हालसम्म करिव एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेका छन् । क्रमिक रुपमा अन्य लाइनहरु पनि रुपान्तरण गर्ने कार्य जारी रहेको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषRTDF) बाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्र मध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल भएको कार्यक्रममा जानकारि दिएको छ ।
२०७५ जेठ मसान्त सम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ । यसैगरी इन्टरनेट ग्राहकक संख्या १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक संख्या टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले बृद्धि भएको देखाउछ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पु¥याउन कम्पनी सफल भएको छ ।
कम्पनीको इतिहासमा प्रथम पटक कम्पनी ऐनले तोकेको समय भित्र नै कम्पनीको वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीका शेयर होल्डरलाई हाल सम्मकै सबैभन्दा बढी लाभांस वितरण गरिएको छ ।
कम्पनीको सञ्चालक समितिमा कर्मचारीको प्रतिनिधित्व गराउने सम्बन्धी निर्वाचन र कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन लामो समय देखि रोकिएर रहेकोमा गत आर्थिक वर्षमा दुवै निर्वाचन गराउन सफल भएको पनि जनाएको छ ।
आर्थिक वर्ष २०७५।७६ का कार्यक्रम
यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५।७६ का लागि समेत विभिन्न महत्वाकांक्षी योजना अघि सारेको छ । यस मध्ये केही महत्वकांक्षी योजना आवको शुरुवातसँगै कार्यान्वयनमा आउन थालेका छन् ।
पूर्वाधार विकास
मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (च्त्म्ँ० बाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि जम्मा पाँचवटा बोलपत्र आह्वान भइसकेको छ । यस अनुसार पाँचथरको चियो भञ्ज्याङ देखि गोर्खा(धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गरिने लक्ष्य राखेको छ ।
साथै पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालु आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न गरिने छ ।
यसैगरी काठमाडौं(तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार कार्य थालनि गरिने कार्यक्रम रहेको पनि प्रतिबेदनमा छ । साथै प्रदेश १,२,३ बाहेकका क्षेत्रहरुमा समेत कम्पनीले उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरणहरु जडान गरी पूर्वाधार बिस्तार गर्नेछ ।
शहरी तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास गर्ने उद्देश्य लिई नेपाल सरकारका विभिन्न निकायहरूसँग थप सहकार्य गर्दै सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।
Wireless सेवा
जीएसएम मोवाइल सेवामा चालु आर्थिक वर्ष २०७५।७६ मा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन बितरण गर्ने लक्ष्य लिइएको छ । मोबाइल सेवाप्रति ग्राहक हरुको बढ्दो रुचीलाई ध्यानमा राखी प्रमुख शहरहरुमा 4G सेवा सञ्चालन आरम्भ भैसकेको छ । मुलुकभर गुणस्तरीय 3G सेवा उपलब्ध गराउने लक्ष्यसहित यस आर्थिक वर्षमा थप बीटीएस जडान गरी सेवा विस्तारको कार्यलाई तिब्रता दिइनेछ । मुलुकका सातै प्रदेशमा 4G/LTE सेवा बिस्तार गर्न बोलपत्र आव्हान भइसकेको छ र यसै आर्थिक वर्ष भित्र आवश्यक उपकरण जडान तथा नेटवर्क विस्तार गरी सेवा संचालनमा ल्याइनेछ । आधुनिक प्रविधिहरु उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त गर्ने लक्ष्य लिएको छ ।
यस आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ ।
Wireline सेवा
चालु आर्थिक वर्षमा पीएसटीएन (Land line) सेवातर्फ ४२ हजार २ सय ६१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ । यस अनुरुप मुलुकका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरुमा आइपी प्रविधिका उपकरणहरुबाट भ्वाइस, डाटा र अन्य सेवाहरु प्रदान गरिनेछ । यस आर्थिक वर्ष भित्र थप एक लाख लाइन आईपी प्रविधिबाट प्रतिस्थापन गरी पीएसटीएन सेवाको कुल जडित क्षमताको करिव ५० प्रतिशत उपकरणहरु (चार लाख ५० हजार लाइन क्षमता) आइपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेछ । त्यसपछि बाँकी ल्यान्ड लाइन सेवालाई पनि क्रमिक रुपमा आइपी बेस्ड प्रविधिमा रुपान्तरण गरिने छ ।

GSM BTS :

चालु आ.ब.को दोस्रो त्रैमासिक भित्र कम्पनीको छ।] 5.2M GSM आयोजना अन्तर्गत बाँकी रहेका द्यत्क् हरु सञ्चालन गरिनेछ । साथै सवै प्रदेशहरुमा गरी थप BTS साइटहरू सञ्चालन गरिनेछ ।

Tower निर्माण
कम्पनीको ] 10M GSM आयोजना अन्तर्गत बाँकी रहेका BTS हरु तथा थप BTS हरु सञ्चालन गर्न { 9M Roof Top Tower (RTT), 20M~50M Ground Based Tower (GBT_ खरिद तथा सञ्चालन प्रकृया अगाडि बढाएको छ । थप BTS साइटहरू सञ्चालनका लागि 20~35m GBT टावरहरु र RTT टावरहरु बिस्तार गरिने छ ।

इन्टरनेट सेवा
दूरसञ्चार क्षेत्रको बजारमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तारको लागि 4G/LTE सेवामार्फत वायरलेस ब्रोडब्यान्ड सेवालाई थप प्रवद्र्धन गरिने छ । साथै शहरी क्षेत्रका ग्राहकहरुलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य–मुख्य शहरहरुमा तीन लाख क्षमताको FTTH (Fiber To The Home) नेटवर्क विस्तार गरी १ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिने छ ।
यसै आर्थिक वर्षभित्र विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधि मार्पmत न्युनतम ५ सय १२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा वाइफाई सेवा सञ्चालनमा ल्याइने छ ।
आर्थिक वर्ष २०७५।७६ मा नेपाल टेलिकमले माथि उल्लिखित कार्यक्रमहरु मार्पmत कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणको लागि करिव २२ अर्ब पूँजीगत लगानी गर्ने योजना तय गरेको छ ।
गुणस्तर अभिबृद्धि
थप एकीकृत मर्मत इकाई{ (IMU) हरुको परिचालन गरी मर्मत संभार कार्य चुस्त गरिने छ । रोकथाम मर्मत सुधार (Preventive corrective maintenance) लाई प्राथमिकता दिई गुणस्तर अभिबृद्धि गरिने छ ।
एकद्वार ग्राहक सेवा प्रणाली (CCC) बाट थप सेवा सुविधाहरु (Phone, email, SMS, Web chat) मार्फत ग्राहकहरुको गुनासाहरु सम्बोधन गरी ग्राहक सेवामा सुधार गरिने छ ।
आर्थिक वर्ष २०७५।७६ मा भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन‍ थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पु¥याउने तथा डाटा सेवाको घनत्व पनि बृद्धि गर्दै ४५ प्रतिशत पु¥याउने कार्यक्रम रहेको छ । यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५।७६मा कम्पनीको सञ्चालन आय रू.४४.२५ अर्ब पु¥याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend