जन आकाश
काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेबाट नाडा अटोशो आयोजना गर्ने भएको छ। बार्षिक रुपमा आयोजना गरिँदै आएको सम्मेलन ३१ गतेसम्म चल्ने छ।
अटोसो नाडासँगै ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले संयुक्त रुपमा आयोजन गर्न लागेका हुन्। सम्मेलनमा नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार प्रबर्द्धन गर्नु मूख्य उद्देश्य रहेको कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले आजको प्रत्रकार सम्मेलनमा जानकारी दिएका हुन।
चार पाङ्ग्रे, दुई पाङग्रे र अटो कम्पोनेन्टस्को अत्याधिक मागलाई ध्यानमा राखेर यस बर्ष तीन वटा ह्याङगरहरु राखिएको नाडा अटोशोका संयोजक निराकार श्रेष्ठले जानकारी दिए। ठाउँको अभावका कारण यसपाली हेवी कमर्सियल गाडीहरु प्रदर्शनीमा राखिएको छैन।
६ दिनसम्म चल्ने अटोशोमा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनहरु रहने छन्। आयातकर्ता डिलर, उत्पादक तथा विक्रेता गरी यस बर्ष ७१ कम्पनीको सहभागिताका साथै सानाठूला गरी १३४ वटा ब्लक तथा स्टलहरु रहने छन्।
अटोशोमा सवारी साधनका सथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजहरु राखिने छन्।
दुई पाङ्ग्रे र चार पाङ्ग्रेका लागि छुट्टछुट्टै ठाउँमा प्रदर्शनी स्थल तोकिएको छ। प्रदर्शनी स्थलमा जानका लागि विद्यार्थीलाई एक सय ५० रुपैयाँ र बाँकीका लागि २०० रुपैयाँ प्रवेश टिकट मूल्य तोकिएको छ। मेला अवधिभर ६० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।
कार्यक्रममा कार्यवाहक अध्यक्ष दुलालले बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजका कारण सवारी साधन विक्रीमा कमी आएको बताए। ुराष्ट्र बैंकसँग हामीले आग्रह गरेका छौं। उहाँहरुले असोजबाट ब्याज घट्छ भन्नु भएको छु उनले भने, ुत्यसपछि सवारी साधनको बिक्री वढ्नेमा हामी विश्वस्त छौं कार्यक्रमलाइ सम्वोधन गर्ने क्रममा बताएका हुन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend