logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडा अटो शो २०१८ सम्पन्न


  • जन आकाश
  • सोमबार, असोज १ २०७५

काठमाडौं । नाडा अटो शो २०१८ हिजो भदौ ३१ गते आइतबार सम्पन्न भएको छ । भदौ २६ गतेबाट सुरु भएको नाडा अटो शोमा करिब ६५ हजार अबलोकनकर्ताले अबलोकन गरेका छन् ।
मेला विगतमा भन्दा निकै ब्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण निकै भब्य भएको थियो । यस मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका इलेक्ट्रीक कारमा निकै ठूलो भिड लागेको थियो । अटो शो बिगतमा जस्तै यस वर्ष पनि अटो शो निकै भब्य भएको अबलोकनकर्ताको टिप्पणी रहेको पाइन्थ्यो । हरेक वर्ष चाडपर्वको नजिकमा आयोजना हुने मेला भदौ २६ गते देखि संचालन भइरहेको थियो ।
यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहिनत गरेको स्टलबाट नै देखिन्थ्यो । यस पटकको मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल फक्सवागेनको लागि नेपालको आधिकारिक विक्रेता पुजा इण्टरनेशन नेपाल प्रा.लिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टल टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले जितेको छ । त्यसैगरी अटो पार्टस, व्याट्रि, टायर र लुव्रिकेण्टस तर्फबाट रीता अटोमोवाइल्स प्रा.लिले जितेको छ । नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका महासचिव सुनिल रिजाल, पत्रकारका तर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी एउटा छनोट समिति गठन गरेको थियो ।
यस नाडा अटो शोको टाइटल स्पोन्सर सर्वो लुव्रिकण्टसले गरेको थियो । उक्त सर्वो लुव्रिकेण्टसले ५ पटक टाइटल स्पोन्सर गरिसकेको छ । नाडाका अनुसार डोरप्राइजका लागि जय माँ इण्टरकन्टिनेण्टल प्रा.लिले ६ दिनका लागि नै ६ वटा कूलप्याड मोवाइल स्पोन्सर गरेको थियो । नाडाले कूलप्याड मोवाइल विजेताहरुको नम्बर समेत प्रकाशित गरेको छ । जुन यस प्रकाश छन् ००१९५३, ००४८९९, ००५३६३, ००६७०३, ०१५६५०, ०२६६३९ । विजेताहरुले आफनो टिकटसहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
नाडाका अनुसार १९ वटा ब्राण्डका ४–पाङग्रे तथा २० वटा ब्राण्डका २–पाङग्रे सवारी साधनहरू रहेका थिए । यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको थियो भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू रहेका थिए । उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल, निबर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ उपाध्यक्षद्धय धु्रववहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सह कोषाध्यक्ष विक्रम सिंहानियाले सो अटो शो मा सहभागी ७१ कम्पनीहरुलाई मोमेण्टो समेत वितरण गर्नु भएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend