जन आकाश
काठमाडौं । नेपाल मत्स्य व्यवसायी संघको टोली थाइल्याण्डको ५ दिने भ्रमण गरी स्वदेश फर्किएको छ । उक्त टोलीले थाइल्याण्डको मत्स्य सम्बन्धि त्यहाँ अपनाइएको प्रविधि र नेपालको महेन्द्रकालिन इतिहाससँग जोडिएको तिलापिया माछाको बारेमा जान्न चाहेका थिए र मत्स्य व्यवसायी संघको पहलमा थाइल्याण्डको एसिया इन्स्टिच्यून्ट टेक्नोलोजीका प्रोफेसर डा. आरसि भूजेलको संयोजनमा नेपालबाट गएको मत्स्य व्यवसायीहरुको टिमलाई एशिया टेक्नोलोजीका फर्महरुमा घुमाउने साथै प्रशिक्षण तथा अन्य थाइल्याण्डका विभिन्न मत्स्य फामहरुमा अवलोकन टेक्नोलोजी ल्यावहरुमा जानकारी गराउने काम आरसि अर्थात डा. रामचन्द्र भूजेलले गराउनु भएको थियो विशेष गरेर थाइल्याण्डमा निक्कै विकसित र उत्पादन अत्याधिक र विक्री पनि उत्तिक्कै भएको तिलापिया माछाको बारेमा नेपाली मत्स्य व्यवसायीहरुले बढी ध्यान दिएको र तिलापिया माछाको इतिहाँस महेन्द्रकालिन शासनकालमा थाइल्याण्डका राजाले नेपालका राजालाई उपहार स्वरुप दिएका त्यतिबेला नेपालका मत्स्य पोखरीहरुमा त्यो तिलापिया माछाको राम्रो व्यवस्थापन गर्न नसक्दा नेपालमा त्यसको खासै संरक्षण भएन । तर त्यही तिलामिया माछालाई थाइल्याण्डमा हर्माेन नै चेन्ज गर्ने प्रविधि प्रयोग गरेर एक वर्गमिटरमा १५ देखि २० वटा सम्म माछा उत्पादन गरिरहेको र त्यो प्रविधि नेपालमा पनि प्रयोग गर्दा सम्भव हुने देखिएको र हाल नेपालको एक वर्ग किलोमिटरमा १ वटा माछा उत्पादन गर्दै आएकोमा व्यवसायीले त्यो तिलापिया सफल भएमा झण्डै २० गुना बढी उत्पादन गर्न सकिने भ्रमणबाट स्वदेश फक्रिसकेमा व्यवसायीहरुको भनाई रहेको छ । तिलापिया माछालाई सरकारसँग सहकार्य गरी व्यवसायीकरण गर्ने योजना रहेको पनि भ्रमणबाट आएका टोलीले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend