logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिप्रदी अर्थमुभर्सको शाखा अब पोखरामा पनि ।


  • जन आकाश
  • मंगलबार, कार्तिक ६ २०७५

 



नेपालका लागी टाटा हिटाचीको एकमात्र आधिकारीक बितरक सिप्रदी अर्थमुभर्स प्रा ली ले देशैभरी आफ्नो व्यवसाय बिस्तार गर्ने क्रममा हालै मात्र पोखरामा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त शाखा र्कायालयको उद्घाटनमा सिप्रदी ट्रेडिङ्ग प्रा लि का प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी अर्थमुभर्स प्रा लि का उप महाप्रबन्धक राजेन्द्र कार्कीु, टाटा हिटाचीका अन्तराष्ट्रिय व्यवसाय निर्यात प्रमुख जयकारा कलमाडीु, तथा हेभी इक्युमेन्ट महासंघ नेपालका अध्यक्ष तारा बहादुर कुवर उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बोल्दै सिप्रदीका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्न आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय खोलि बिक्रि पश्चातको सेवा अझ प्रभावकारी तथा परिष्कृत गर्दै लैजाने प्रतिबद्वता व्यक्त गर्नुभयो र ग्राहकको सन्तुष्टि नै संस्थाको मुख्य उदेश्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न निर्माण व्यवसायी, क्षेत्रिय हेभी इक्युमेन्ट संघका पदाधिकारीहरु र क्रसर व्यवसायी संघको उपस्थिती रहेको थियो । सिप्रदी अर्थमुभर्स प्रा लि. ले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको बिभीन्न साइजको एक्जाभेटर , ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend