logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आऔ देश बनाउँ अभियानमा कनम्याक र सिप्रदी


  • जन आकाश
  • शुक्रबार, मंसिर ७ २०७५

 



काठमाडौं

कनम्याक नेपाल २०१८ मा सहभागी भइ, सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडसँगको सहकार्यमा, टाटा हिटाचीले नयाँ EX200 Super + हाइड्रोलिक एस्काभेटर र कम्प्याक्ट र शक्तिशाली मिनी एस्काभेटर ZAXIS33U सार्वजनिक गरेको छ । कार्यक्रमसहित टाटा हिटाचीका पछिल्ला उत्पादनहरूको उद्घाटन सौर्य शमशेर जवरा(अध्यक्ष( सिप्रदी ग्रुप, हेमन्त मथुर ( वरिष्ठ महाप्रबन्धक ९सेल्स एण्ड मार्केटिङ० – टाटा हिटाचीले गर्नुभएको थियो भने राजेशप्रसाद गिरी ( प्रमुख संचालन अधिकृत( सिप्रदी ट्रेडिङ प्रा। लि। ले स्वागत गर्नुभएको थियो ।
सार्वजनिक समारोहमा, सौर्य शमशेर जवरा स्टेट(अफ(आर्ट प्रविधीको टाटा हिटाची उत्पादनहरू अनावरण गर्न र यो उद्योगमा र नेपालमा यसप्रकारको तिनीहरूको बेजोड टेलिमेटिक्स सोलुसन्स सार्वजनिक गर्न पाएकोमा खुसी हुनुहुन्थ्यो ।
यी बेजोड उत्पादन सार्वजनिकबाहेक, टाटा हिटाचीको स्टलमा बेजोड कार्यसम्पादन गरेको ZAXIS220 Quarry र MAX Series को TH86 backhoe loader थिए । विशिष्टकृत उद्योगका एप्लिकसेनहरूको माग पुरा गर्ने अनुकुलित सामग्रीहरू पनि प्रदर्शनमा राखिएको थियो । त्यसबाहेक, प्रदर्शनीमा टाटा हिटाचीका विभिन्न खाले जेन्युन स्पेयर पार्ट्स पनि प्रदर्शनीमा राखिएको थियो ।
कार्यक्रममा बोल्दै सेल्स एण्ड मार्केटिङका बरिष्ठ महाप्रबन्धक हेमन्त मथुरले भन्नुभयो, ूहामीलाई हाम्रो आधिकारिक डिलर साझेदार सिप्रदी अर्थमुभर्ससँगको साझेदारीमा कन्म्याकमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ । नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र हामी नयाँ इएक्स २०० सुपरं हाइड्रोलिक एस्काभेटर र मिनी हाइड्रोलिक एक्साभेटर जेडएक्सिस ३३ यु सार्वजनिक गर्दा पाउँदा गर्व गर्दछौं । हामीले हाम्रा ग्राहकहरूलाई फाइदा पुग्ने विश्वासका साथ क्लिक कप्लर पनि सार्वजनिक गरेका छौं ।ू
उहाँले थप्नुभयो, “हाम्रो बुथ ुआउँ देश बनाउँु को विषयमा डिजाइन गरिएको छ । हामी हाम्रो मेसिनको प्रयोग गरेर नेपालको विकासका लागि प्रतिबद्ध छौं र हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मेसिन, उत्कृष्ट स्पेयर पार्ट्स र विक्रिपछिको उत्कृष्ट सहायता सेवामार्फत खुसी पार्ने लक्ष्य राख्दछौं
। कनम्याक २०१८ का खास आकर्षणहरू
नयाँ EX200 Super +हाइड्रोलिक एस्काभेटर सार्वजनिक र कम्प्याक्ट र पावर प्याक भएको मिनी हाइड्रोलिक एस्काभेटर ZAXIS33U सार्वजनिक
नेपालको बजारमा क्विक कप्लर सार्वजनिक
कन्साइटको परिचय( उद्योगमा भएका हाइड्रोलिक एस्काभेटर र ह्विल्ड उत्पादनहरूको इएक्स सिरिजका लागि बेजोड टेलिमेटिक्स सुइट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend