logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हाइड्रो एक्स्पो उपराष्ट्रपतिले शुक्रबार उद्घाटन गर्ने ।


  • जन आकाश
  • बिहिबार, माघ ३ २०७५

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माघ ४ गते शुक्रबार बिहान ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घघाट्न गर्नुहुने छ ।
एक्स्पोमा सहभागि हुन ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टल बुकिगं गरेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको यो एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रा. लि. ले गर्ने छ ।
एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ ।
जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन गइरहेको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि. तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् ।
नेपाल इण्डिया चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीज, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी, टनेलिंग एशोसिएसन अफ नेपाल, इनर्जी नेपाल म्यागेजिन, टनेलिंग प्रोशेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकर्डस, बी फोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिंग, एबिबि इण्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्यापटेक बुल्गेरिया तथा चगंक्विगं वाटर एण्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड एक्स्पोका मोर्कटिंग पार्टनर रहेका छन् ।
नीजि क्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समुह अन्तरगतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसि) ले सहप्रायोजन गरेको छ । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपाल शिपिंग एण्ड एयर लजिष्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन् ।
चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।
आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन् ।
यसका अलावा विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका छन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend