logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गल्याङको तुलसीभन्ज्याङमा टेलिकमको सेवा सूचारु,


  • जन आकाश
  • बिहिबार, माघ २४ २०७५

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही अवसरमा आयोजित “सेवा शुभारम्भ कार्यक्रम”मा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख (मेयर) तथा कार्यक्रमका प्रमुख अतिथि भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले नेपाल टेलिकमको सेवा विस्तारको कार्यशैली आक्रामक बन्दै गइरहेको बताउँदै यसले सदैव नम्बर १ कम्पनीको रुपमा स्थापित रहिरहन कठिन नहुने धारणा राख्नुभयो । सोही अवसरमा उहाँले टेलिकम कार्यालय गल्याङले वर्तमान अवस्थामा गरिरहेको सेवा विस्तारको कार्यप्रति उच्च प्रशंसा गर्दै कार्यालय प्रमुख राम राज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गर्नुभयो ।
कार्यक्रममा टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले संस्थाको उन्नतिका लागि अहोरात्र खटिन तयार रहेको बताउँदै आपूmलाई सम्मान गरेकोमा गल्याङ नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल टेलिकमको उद्देश्य भनेकै सस्तो दरमा भरपर्दो सेवा उपलब्ध गराउने रहेको बताउँदै सेवा उपभोग गर्न इच्छुक जोकोहीलाई रित्तो हात फर्काउन नहुने धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रमका सभापति तथा वडा नं.११ तुलसीभन्ज्याङका अध्यक्ष शंकरदेव अधिकारीले सेवा जडान भएकोमा खुसी व्यक्त गर्दै वर्षौदेखिको सपना साकार भएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत यस्तै किसिमको विस्तार कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सोका लागि आफु सहयोग गनै तत्पर रहेको जानकारी दिनुभयो । टेलिकम कार्यालय गल्याङबाट करिब ३ किलोमिटरको दुरीमा रहेको तुलसीभन्ज्याङमा नयाँ नेटवर्क गरी पिएसटिन सेवाका साथै फाइभ एमबिपिएस स्पिड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend