जन आकाश
रोबटिक्स एसोसिएसन अफ नेपाल नामक संस्थाले आज ललितपुर स्थित ईन्जिनियरिङ एसोसिएसनको हलमा पत्रकार सम्मेलन गरि यहि २८ गतेबाट अन्तराष्ट्रिय रोबोट प्रतियोगिताको लागि सबै तयारीहरु पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा रोबोटिक्स एसोसिएसन नेपालका ई. बिकास गुरुङले पत्रकारहरुसँग कुरा गर्दै नेपाल सरकारले रोबोटिक्स एसोसिएसन अफ नेपालले बनाएका कार्यक्रमलाई सहजिकरण मात्र गरिदिने हो भने हामी आउँदो ५ वर्षमा नेपाललाई रोबोटिक्स युग बनाएर देखाईदिने छौँ भन्नुभयो ।
कर्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले रोबोट उत्पादन मात्र होईन उद्यमशिलतालाई जोड्न पनि बनाउनु पर्ने बताएका थिए । उनले उदाहरण दिदै राम–लक्ष्मण एनोभेसनले नेपालमा गरेको प्रगतिलाई जस्तै भोटिङ मेसिन जिपिएस र वातावरण सम्बन्धी यन्त्रहरुको निर्माण गरेको प्रगतीलाई हेरेर पनि सिक्न सकिने बताए । नेपालले २०२० मा सेटेलाईट प्रक्षेपण गर्न लागेकोमा नेपालबाट नै अटिगार्फ नासाले मगाएको उदाहरण दिदै नेपाली युवा वैज्ञानिकहरु पनि सक्षम थिए भनेका थिए । साथसाथै उनले यन्त्रीकीकरणको विकासमा ईको सिस्टमले समेत महत्वपूर्ण अर्थ राख्ने भएको हुनाले ईको सिस्टमलाई व्यवस्थि गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । आजको विश्व फ्युचर ल्याब सिस्टम बनाउँदै गईरहेको बेला त्यस्तै सिस्टम नेपाली युवा वैज्ञानिकहरुले पनि अपनाएर आफनो मौलिक दिनुपर्छ त्यसको लागि रोबोटिक्स एसोसिएसन अफ नेपालले सक्दो प्रयास गरिरहेको बताए ।
कार्यक्रमलाई मुख्य सहयोग गर्ने युएन डि. पि. नेपाल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय , राष्ट्रिय युवा परिषद, काठमाण्डौँ महानगरपालिका, कान्तिपुर ईन्जिनियरिङ कलेज, सगरमाथा ईन्जिनियरिङ कलेज, नेसनल कलेज अफ ईन्जििनियरिङ, एडभान्स कलेज अफ ईन्जििनियरिङ एण्ड मेनेजमेन्ट, हिमालय कलेज अफ ईन्जििनियरिङ, काठमाण्डौँ ईन्सिटिच्युट अफ एजुकेसन कन्सलटेन्सि, सिमित नेपाल लगायतले प्रायोजन गरेको जनाएका छन् ।
यन्त्र ७.१ नाम दिएको अन्राष्ट्रिय रोबोटिक्स मेला २८ गते शिक्षा, विज्ञान तथा प्रविधि सचिवले कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा उद्घाटन गर्ने छन् र उक्त मेलामा नेपालका ६० भन्दा बढी स्कुल, कलेजबाट युवा वैज्ञानिकहरुले सहभागिता जनाउँदै छन् भने भारतबाट ७ वटा समुहले प्रतियोगितामा सहभागिता जनाउँदै छन् । त्यसै गरि भुटानबाट एउटा मात्रै समुहले प्रतियोगितामा भाग लिने आयोजकले पत्रकार सम्मेलनलाई जानकारी दिएको हो ।
उक्त कार्यक्रम फागुन ९ गतेसम्म चल्नेछ । प्रतियोगी समुहहरुलाई प्रथम, दृतिय र तृतियसम्मको प्रतियोगिहरुलाई आर्कषण पुरस्कारको व्यवस्था गरिएको र अन्यलाई प्रमाण पत्रको व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend