logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमा एउटा विकास थपियो


  • जन आकाश
  • शुक्रबार, बैशाख ६ २०७६

 



मोहन कार्की
नेपालमा विकास निर्माणका कामहरु हुँदै नहुने र नेपालीहरुले केही पनि गर्न सक्दैनन् भनेर नेपालीले नेपालीकै कुरा काटेर दिन बिताउने कुरौटेहरुको लागि मेहनती नेपालीहरुले नेपालले पनि विकास गर्न सक्छ नेपालीहरु पनि सक्षम छन् भन्ने उदाहरण भेरी–बबई ड्राइभर्सन बहुउद्देश्यकारी आयोजनाको १२.२ किलोमिटर (अर्थात् १२ हजार २ सय मिटर) सुरुङ्ग ब्रेक थु्र गरी प्रमाणित गरिदिएका छन् । यो सुरुङ्गमार्ग निर्माणसँगै ५ नं. प्रदेशका जिल्लाहरु विशेष गरेर बाँके र बर्दियाको ५१ ह्जार हेक्टर खेतीयोग्य जमिन सिचाइको सुविधा प्राप्त हुने छ भने सोही पानीबाट ४६.८ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रलाई उज्यालो बनाउने लक्ष्य राखेको आयोजना हो ।
उक्त आयोजनाको ठेक्का चाइनाको चाइना ओभरसिज इन्जिनियरिङ्ग गु्रप कम्पनी (कोभेक) ले लिएको थियो । ठेक्का चाइना कम्पनीले लिएको भएता पनि काम गर्ने केही मेकानिकल चाइनिज बाहेक निर्माणमा सहभागी धेरै नेपालीहरुको परिश्रममा उक्त सुरुङमार्ग तोकेको समय भन्दा १ वर्ष अगाडि ब्रेक थु्र भएको हो ।
यस आयोजनासँगै नेपालमा पनि विकासले गति लिन थालेको र सधैं निराशामात्र छाउने गरी बस्ने नेपालीहरुमा यसखालका बहुउद्देश्यकारी विकास निर्माणले उत्साह थपेको छ । भेरी–बबई आयोजना ५ नं. प्रदेशको विकास नभएर राष्ट्रलाई समेत गौरव गर्न लायक आयोजना हो । यस्तै बहुउद्देश्यकारी आयोजनाहरु धेरैभन्दा धेरै देशमा निर्माण गरेर कृषि, पर्यटन र जलविद्यूत (कृपज)को अवधारणा बनाइ काम गर्ने हो भने कुनै पनि नेपाली नागरिक आफ्नो जन्मभूमि छोडेर अर्काको देशमा काम गर्न जानु पर्दैनथ्यो । यस्तो वातावरण बनाउन अझै देशले सकेको छैन । तर थोरै भएपनि आशा जगाएको छ । यसैगरी ठुला आयोजनाहरु समयमा नै सम्पन्न गरी राष्ट्रलाई योगदान पु¥याउने हो भने विकसित नेपाल हाम्रै पालामा सम्भव छ । त्यसकारण सबै नेपालीको उत्तिकै भूमिका र जिम्मेवारी हुनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend