जन आकाश
सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्स लि, भारतको एकमात्र आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले युएइ को दुबईमा आयोजना भएको अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ’बर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको छ । सिप्रदीले प्राप्त गरेको यो सफलता कम्पनीको विशिष्ट कार्य प्रदर्शनको पहिचान र मान्यताको प्रतिक हो । विश्वभरिका वितरकहरुको कार्यहरुको मुल्यांकन गरि विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरुको उच्च कदर गर्ने उदेश्यका साथ हरेक बर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग अलग विधाका विभिन्न पुरष्कारको ब्यबस्था गरिएको थियो । बर्षको सर्बश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचय का लागि बर्षको वितरक, सर्बश्रेष्ठ ग्राहक सेवा गरि विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
यो उपलब्धि र सफलता ग्राहकहरुको भरोसा र बिश्वास, सम्पूर्ण कर्मचारीहरुको कठिन परिश्रम र इमान्दारिता र संचार गृहहरुको सहयोग र समर्थन बिना सम्भव थिएन भन्ने दृढ बिश्वास रहेको कुरा कंम्पनिद्धारा जानकारी गराईएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend