logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ब्राण्ड एम्बेसडर अनमोल के.सीले बेनालीकको उदघाटन गदै ।


  • जन आकाश
  • शनिबार, बैशाख २१ २०७६

५ मई २०१९ मा बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईज, बेनालीको शोरुम कारकादो, नेपालगञ्ज–१८ मा उद्घाटन हुने भएको छ । उक्त उद्घाटन समारोहमा बेनालीका ब्राण्ड एम्बेसडर अनमोल के.सी. को उपस्थिती रहनेछ ।
बेनाली एउटा विश्व प्रसिद्ध पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड हो । जुन बर्षौदेखि ग्राहकको चाहनामा रहेको र चालकको रोजाईमा रहेको पाइन्छ । यो मोटरसाईकलको अत्याधिक मात्रामा बजारमा माग रहेको र अनुभवी चालकको पनि चाहना तथा आरामदायिक रहेको छ । नयाँ सुविधाको आधारमा शहर बजारमा विभिन्न किसिमका मोटरसाईकल रहेका छन् । जुन १३५–६०० सि.सि. को रेञ्जमा गोरखा इन्टरप्राईजद्वारा उपलब्ध रहनेछन् ।
बेनालीका अध्यक्ष सौरव जे.बि. राणाले भन्नुभयो, नेपालमा पाईने यी मोडलहरुमा शक्तिशाली इञ्जिन हुनुका साथै शक्तिशाली प्रदर्शनको लागि इटालियन अनुभवलाई आत्मसाथ गरेको र सुपथ मुल्यमा उपलब्ध हुने बताएको छ ।
बेनालीको शोरुमकोे उद्घाटनले नेपालगञ्ज विश्वस्तरीय मोटरसाइकलको प्रदर्शन गर्नेछ र हामी आशावादी छौ कि यसले बजारको मोटरसाईकलको माग र चालकको चाहना परिपूर्ति गर्नेछ ।
यसै सन्दर्भमा गोखा इन्टरप्राईजका सञ्चालक ए. एम्. बागवान गुप्ता भन्नुहुन्छ, ‘नयाँ शोरुम भनेको राज्यको एउटा कला हो । हामी उच्च सीपमुलक र प्रबिधियुक्त मोटरसाईकलका पार्ट्सहरु सुपथ मुल्यमा उपलब्ध गराईन्छ’ हामी ग्राहकको सेवामा सदैव तत्पर भएर सुविधायुक्त तथा गुणस्तर सेवाको लागि उच्च प्राथमिकता दिनेछौं ।
नेपालगञ्जवाट जानकारी प्राप्त भएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend