logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अशोक लेलैण्डको दोस्त प्लस सितापाइलामा ।


  • जन आकाश
  • शुक्रबार, बैशाख २७ २०७६

आइएमई मोटर्स प्रा.लि.ले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ आज लन्च गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैंया कार्यक्रममा जानकारी दिएको थियो ।



दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएको दावी गदै यसले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देश्यले क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएको बताएका थिए ।

अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्स प्रा.लि. (LCV Segment) का सेल्स हेड सुशील थापाले जानकारी दिएका थिए । उनले थप उद्घृत गर्दै भने –“अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरेक थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend