जन आकाश
आज ११ विधार्थी संगठनले नेपालमा विज्ञान र प्रविधिमा नयाँ आयाम थप्ने वैज्ञानिकहरुलाइ प्रोत्साहन गर्न माग गरेका छन् । ११ गते प्रज्ञा प्रतिष्ठानको डवलीमा अन्र्तरक्रिया कार्यक्रमको जानकारी दिनका लागि गरीएको पत्रकार सम्मेलनमा ११ विधार्थी संगठनका नेताहरुले वोल्ने क्रममा उक्त कुरा वताएका हुन् । कार्यक्रमको शुरुवातमा नै अनेरास्वियू पचौका अध्यक्ष घनश्याम मिश्रले नेपालमा नुनदेखि सुनसम्म भएको तर राज्यले त्यसको सही सदुपयोग नगर्दा वेला वेलामा छिमेकीले नाकावन्दी गर्दा दुखः पाउदा समेत हाम्रो चेत खुल्न नसकेको हुदा युवा बिधार्थीहरुलाइ आकर्षण गर्नेगरी आउदो वर्षको वजेटमा सरकारले वजेट छुट्याउनु पर्छ भनेका थिए ।
त्यसैगरी त्यस कार्यक्रमको आकर्षणका केन्द्र मानिएका पुर्व नेवि संघ उपाध्यक्ष ऋषिजंग शाहले नेपालको पहिलो आविश्कार गेहेन्द्र शम्शेर हुन त्यतिवेला नै नेपालले वैज्ञानिक उत्पादन गरिसकेको अवस्था थियो अहिले आउदा हाम्रो देशमा सियो समेत वनेको छैन । यो दुखःद अवस्थामा हामीले आफ्नो देशको अविस्कार गर्नेहरु छन् ति भएकालाइ प्रोत्साहन, जस्तै डा. सन्दक रुइत, राम लक्ष्मण, रिजन कार्की लुजेन्द्र झा लगाएतलाइ राष्टले संक्षण गर्नुपर्छ र आउदा युवा बैज्ञानिकहरुलाइ संक्षण गर्न सरकारले नीति नै वनाएर काम गर्नुपर्छ भनि पत्रकारहरुलाइ यस महत्वपुर्ण विषयलाइ प्रचार गरिदिन समेत आग्रह गदै गरेका थिए । । भने रा.प्र.वि.स.का उपाध्यक्ष निराजन वमले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।
त्यस कार्यक्रममा रा.प्र.वि.स. (समतंmका) अध्यक्ष धनसुर शाही नेवि संघका पुर्व माहासचीव आनान्दराज त्रिपाठी लगायले धारणा राखेका थिए
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend