logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

क्यानमा नयाँ कार्य समिति, नवराज कुँवर अध्यक्ष


  • जन आकाश
  • बिहिबार, मंसिर १२ २०७६

मोहन कार्की



काठमाडौ
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको तेह्रौं महाधिवेशन तथा २६ औं साधारणसभा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । मंसिर ७ गते सम्पन्न साधारणसभाले नवराज कुँवर नेतृत्वमा ४० सदस्यीय कार्य समिति चयन गरेको हो । कुँवरले प्रतिस्पर्धी सुनैना पाण्डेकभन्दा १२ प्रतिशत बढी मत ल्याएर जित हशिल गरेका हुन् ।
क्यान महासंघको उपाध्यक्षमा रणजित कुमार पोदार,खुसल रेग्मी, रत्नतारा तुलाधर (बैद्य) र रेशम गिरि निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा नारायण बहादुर थापा चुनिए । सचिवमा राजेन्द्र प्रसाद अर्याल, रेगबहादुर भण्डारी, चिरञ्जीवी अधिकारी, शेखरनाथ दुलाल,ठाकुरकुमार श्रेष्ठ, भुपालदास श्रेष्ठ, दिपेन्द्रकुमार सिंह, जगनबहादुर गुरुङ, दलबहादुर खड्का र हर्कबहादुर सेटि विजयी भएका छन् । कोषाध्यक्ष माडा पवनकुमार शर्मा निर्वाचित भए ।
क्यान महासंघको साधारण सभाबाट २२ जना कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । अरुणकुमार बंसल, उमेश रघुबंशी, गुणकेशरी प्रधान, सुमनलाल प्रधान, अमित अग्रवाल हेमपाल श्रेष्ठ, चन्द्रविलास भुर्तेल, सुषमा शर्मा(वस्ती),नविन जोशी, भोजराज भट्ट, श्रीधर मरासिनी, बुद्धरत्न मानन्धर, प्रताप सापकोटा, रेभा राज भण्डारी, सर्मिला भुजेल, सरिता सिंह, भुपेन्द्र मैनाली, भानुभत्त mशर्मा, कृष्णप्रसाद पौडेल, ध्रुवराज शर्मा, भीम मल्ल, खेमराज ढुंगाना कार्यकारिणी सदस्यमा विजयी भएकाहुन् ।
यसैगरी लेखा समितिमा ३ जना निर्वाचित भएको छन् जसमा संस्थागत तर्फ बाट केशव प्रसाद भट्टराई ब्यक्तिगत तर्फबाट राजू कट्टेल र जिल्ला शाखाको तर्फ बाट भिमसेन गिरी निर्वाचित भएका छन् ्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend