जन आकाश
काठमाडाै । नेपाल कम्प्युटटर अशोसिएसन अफ नेपाल महासंघले प्रविधि क्षेत्रको प्रगति र नेपालमा प्रविधिको बिकाश कसरी गर्न सकिन्छ भनेर प्रत्येका बर्ष झै यो बर्ष पनि यहि फागुन २ गतेवाट ७ गते सम्म भृकुटी मण्डपमा क्यान इनफोटेक एक्स्पो गरिरहेको छ ।
नेपालको आफ्नो अत्पादन केही नभए पनि बिश्वमा उत्पादन भएका र नयाँ नयाँ प्रविधिहरु भित्रयाएर नेपाली उपभोक्ताहरुलाई सेवा दिइरहेका व्यवसायीहरुको संस्था क्यानले यो बर्ष पनि नयाँ नयाँ प्रविधि आगान्तुक बिद्यर्थी युवाहरुलाई आकर्षण गराउने गरि प्रविधिका सामग्रीहरु स्टमा राखेर एक्स्पो संञ्चालन गरिरहेकाे छ ।
यो भन्दा अगाडी माघ १ गतेदेखि ५ गतेसम्म प्रदेश १ को इटहरीमा, माघ ९ गतेदेखि १३ गतेसम्म प्रदेश २ को बिरगंजमा , माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म प्रदेश ३ को चितवनमा प्रदेशस्तरीय प्रर्दशन गरिसकेर काठमाडौमा एक्स्पो गरेको क्यानले जनाएको छ ।
इन्फोटेकको बिशेषता इन्नोभेशन एक्स्पोजर रहने क्यानको दावी ।
यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडिया को प्रदर्शनी गर्ने छन् । क्यान महासंघले यसका निम्ति सार्वजनिक सुचना निकालेरै स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेको थियो सोहि अनुसार । सहभागिहरुलाई क्यान इन्फोटेकमा बिभिन्न सुबिधाहरु र उत्कृष्टलाई पुरस्कृत गर्ने घोषणा यस अघि नै गरिसकिएको जानकारी पत्रकार सम्मेलनमा दिएको थियो ।
प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने क्यानको योजनाअनुरुप महासंघले इन्नोभेशन एक्स्पोजर लाई बिशेष प्राथमिकतामा राखेको देखिन्छ । सूचना प्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यबसायमा बदल्न मद्दत गर्नु र व्यबहार उपयोगी शिक्षामा योगदान गर्नु पनि क्यानको. उद्देश्य रहेको जानकारी दिएको छ ।
इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनी का साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउने छन् । यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिएको देखिन्छ।
रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचनाप्रविधि मेलाको विशेष आकर्षण रहेको छ ।
क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् । दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित रु १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने छन् ।
क्यान इन्फोटेकले प्रबेश शुल्क रु १०० राखेको छ, बिद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन भने, सामुदायिक तथा सरकारी विद्यालय र कलेजका बिधार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिहरुले निशुल्क प्रवेश पाउन सक्नेछन। यसैगरि, फाल्गुन ४ गतेलाई “बिजनेस डे” को रुपमा तोकिएको थियो ।
क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यसले प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिहरुले इन्फोटेक प्रवेशमा लाग्ने समयको वचत गर्न सक्नेछन् ।
त्यसैगरी ३ प्रदेश काठमाडौको प्रदर्शन सकिनसाथ फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा,फाल्गुन २० देखि २४ गतेसम्म नेपालगंजमा (जिल्ला स्तरीय) ,फाल्गुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगडीमा ,चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न गर्नेगरी काम भईरहेको क्यानका अध्यक्ष नवराज कुवरले जानकारी दिनुभएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend